बार्सिलोनाका खेलाडीद्धारा रियल मड्रिडको ट्रोल

  • Image नेप्लेज
  • १९ श्रावण २०७८, मङ्गलवार
  • 1531 पटक हेरिएको
बार्सिलोनाका खेलाडीद्धारा रियल मड्रिडको ट्रोल

स्पेनिश क्लब बार्सिलोनाले इन्स्टाग्राममा प्रशिक्षणको तस्बिरसहतरियल मड्रिड लक्षित क्याप्सन राखेको छ ।

केही समयअघि रियलकै खेलाडी गेरेथ बेलले वेल्सको खेलको दौरान गोल्फ र रियल मड्रिडलाई जोडेर मजाक गरेका थिए जुन कुराको आलोचना भएको थियो । 

जेरार्ड पिके,सेर्जि रोबेर्टो,रिकी पुइग र नेटोले जर्मनका प्रशिक्षपछि गोल्फ खेलको मज्जा लिएका थिए । बार्सिलोनाले इन्स्टाग्राममा खेलाडीले गल्फ खेलेको तस्बिर राख्दै बेलले जस्तै क्याप्सन राखेको छ । 

बेलले २०१९ मा वेल्ससँगको सामुहिक तस्बिरमा वेल्सको राष्ट्रिय झन्डाअंकित पोस्टरमा ‘वेल्स- गोल्फ- मड्रिड -इन अर्डर’ लेखेर प्रदर्शन गरेका थिए। बार्सिलोनाले उक्त क्याप्सनलाई हुबहु उतार्दै मड्रिडमाथि व्यांग्य गरेको छ ।

बार्सिलोनाको खेलाडीले गल्फ खेलेको तस्बिर राख्दै क्याप्सनमा ‘बार्सिलोना -ट्रेनिङ क्याम्प- गल्फ -इन अर्डर’ राखेको छ । 
बार्सिलोना टिम यतिबेला प्रि सिजनका लागि जर्मनमा रहेको छ । 

 

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment