‘मेस्सी बार्सिलोनामै रहनुपर्छ र १० नम्बर जर्सिलाई सदाका लागि रिटायर गर्नुपर्छ’ -रोनाल्डिन्हो

  • Image नेप्लेज
  • १२ श्रावण २०७८, मङ्गलवार
  • 1185 पटक हेरिएको
‘मेस्सी बार्सिलोनामै रहनुपर्छ र १० नम्बर जर्सिलाई सदाका लागि रिटायर गर्नुपर्छ’ -रोनाल्डिन्हो

बार्सिलोनामा कप्तान लियोनल मेस्सीको भविष्यबारे निर्णय पुर्ण रुपमा भैसकेको छैन ।

मेस्सी र बार्सिलोनाबिच थप पाँच वर्षका लागि सम्झौता भएको भनिएको छ तर क्लबले यो कुरालाई आधिकारीक रुपमा घोषणा भने गरिसकेको छैन । यस्तोमा मेस्सी अझै पनि फ्रि एजेन्टको रुपमा रहेका छन् । 

बर्सिलोना र मेस्सीका समर्थकहरु मेस्सीले आफ्नो करियर बार्सिलोनामै सकाएको हेर्न चहान्छन् । यस्तैमा बार्सिलोनाका लिजेण्ड तथा मेस्सीका पूर्व टिममेट्स ब्राजिलियन खेलाडी रोनाल्डिन्होले पनि आफुले मेस्सी बार्सिलोनामै रहुन् भन्ने चाहेको बताएका छन् । 

‘मेस्सी बार्सिलोनामै रहनुपर्छ,जब उनले फुटबलबाट सन्यास लिन्छन् तब उनको जर्सि नम्बर १० लाई सदाका लागि रिटायर गरिनुपर्छ, यो कुरा मैले लामो समयदेखि सोच्दै आएको छु’ रोनाल्डिन्होले मेस्सीबारे बोल्दै स्पेनिश सञ्चारमाध्यमसँग भनेका छन् । 

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment