पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियाेगितामा, रत्न र प्रिन्सको विजयी सुरुवात

0

योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता बुधबार सिरहाको गोलबजारमा सुरु भएको छ ।

नेकपा निकट खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको खेलकुद महासंघका संयोजक पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

गोलबजार नगरपालिकाका मेयरको सभापतित्वमा भएको कार्यक्रममा सिराहा जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र ठाकुर लगायत विभिन्न राजनैतिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा खेलाडी तर्फ राष्ट्रिय नम्बर १ खेलाडी रत्नजित तामाङ्ग र निर्णायकको तर्फबाट अन्तराष्ट्रिय निर्णायक एवं प्रतियोगिता रेफ्रि किरण कारञ्जितले प्रतियोतिको मर्यादालाई मध्यनजर राख्दै बिश्व ब्याडमिन्टन महासंघ, एशियाली ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नीति, नियम भित्र रहि सहभागी हुने र प्रतियोगिता खेल्ने खेलाउने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध ४७ जिल्ला तथा तीन विभागिय टोलीका खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुष तर्फ राष्ट्रिय १६ ¥याङ्किङ्ग र महिला तर्फ राष्ट्रिय १२ र्‍याङ्किङ्ग खेलाडीहरुको छुट्टै प्रतिपर्धा हुने छ । यस्तै त्यस देखि बाहेककाको पुरुष र महिल एकल तथा युगल, ब्वाईज र गल्र्स १७ तथा भेट्रान्स ४५ माथी गरि ९ विधामा प्रतिस्पर्धा हुने छ ।

रत्न र प्रिन्सको विजयी सुरुवात

राष्ट्रिय नम्बर एक खेलाडी रत्नजित तामाङ्ग र बिश्व जुनियर नं. ११ औं खेलाडी प्रिन्स दाहालले प्रतियोगिताको पहिलो दिन राष्ट्रिय १६ र्‍याङ्किङ्गको प्रतियोगितामा आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै विजयी सुरुवात गरेका छन् ।

लिगको पहिलो खेलमा सेनाका रत्नले एपिएफलका सुमन लिम्बुलाई २१- ७, २१-११ ले तथा दोश्रो खेलमा एपिएफका गौतम कठायतलाई २१ । १८, २१ । १२ को जित निकाले । यस्तै सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१-१६, २१-११ ले तथा दोश्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१-१२, २१-१३ ले पराजित गरे । यसैगरि एपिएफका दीपेश धामीले बाँकेका ईरफान अन्सारीमाथी २१-११, २१-७ ले तथा पुलिसका सुनिल जोशीमाथी २१-१८, २१-११ को जित निकाले ।

सेनाका प्रफुल महर्जनले पुलिसका दीपक बोहरामाथी २१-८, १९-२१ र २१-८ तथा भोजपुरका बिकास श्रेष्ठमाथी २१-१७, २१-२३, २४-२२ को जित निकाले । यसैगरि सेनका नविन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनिल जोशीलाई ९-२१, २१-१७, २१-१७ तथा दोश्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१-७, २१-१३ ले पराजित गरे । जित निकालेर अघि बढ्ने क्रममा भोजपुरका खेलाडी बिकास श्रेष्ठले एपिएफका विजीत थापामगरमाथी २१-१६, २१-१९, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारमाथी २१-१२, ९-२१, २१-१८ले, एपिएफका गौतम कठायतले धादिङ्गका सुदीप सेंढाईलाई २१-९, २१-१०ले, एपिएफका सुमन लिम्बुले सेंढाईलाई २२-२०, २१-१० ले पराजित गरे । प्रतियोगिताको अन्तिम लिग बिहीबार हुने रेफ्रि किरण कारञ्जितले बताए ।

यस्ते महिला राष्ट्रिय १२ र्‍याङ्किङ्ग लिग प्रतियोगितामा एपिएफकी शोभा गौचनले धादिङ्गकी तारा आलेलाई २१ -१२, २१-११ले, सेनाकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१-६, २१-५ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१-३, २१-३ ले तथा एपिएफकी जेशिका गुरुङ्गले मनिषालाई २१-५, २१-४ ले पराजित गरे । यसैगरि भोजपुरकी नङ्गशलदेवी तामाङ्गले विराट ब्याडमिन्टन क्बलकी २१-१९, २१-१२ ले तथा सेनाकी अमिता गिरीले एपिएफकी सुनैना मुखियालाई २१-१५, २०-२२, २१-१५ ले पराजित गरे ।

पुरुष एलकलको राष्ट्रिय १६ र्‍याङ्किङ्ग बाहेकका प्रतिस्पर्धामा विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका बिशाल तामाङ्ग, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एस.एच.का सुजन थाप पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।

Post Add 1025X115
Loading...