इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजका लागि श्रीलंकाले गर्‍यो २२ सदस्यीय टिमको घोषणा

0

इंग्ल्याण्डविरुद्धको दुई टेस्ट म्याचको सिरिजका लागि श्रीलंकन टिमको घोषणा गरिएको छ । टिममा अलराउण्डर एन्जेलो म्याथ्यूजले स्थान बनाएका छन् । उनी घाइते पछि पहिलो पटक टिममा समावेश भएका हुन् ।

म्याथ्यूज ह्यामेस्ट्रिङ इन्ज्योरीका कारण उनी दक्षिण अफ्रिकाविरुद्धको सिरिजबाट बाहिरिएका थिए । तर, उनलाई इंग्ल्याण्डविरुद्धको २२ सदस्यीय श्रीलंकन टिममा स्थान दिइएको छ । श्रीलंकाले इंग्ल्याण्ड सिरिजका लागि नुवान प्रदीप, रोशन सिल्वा र दक्षण सन्दाकन जस्ता खेलाडीलाई स्थान दिएको छ । यसैगरी अनक्याप्ड खेलाडी रमेश मेन्डीसले पनि टिममा स्थान बनाएका छन् ।

दक्षिण अफ्रिका गएका धनन्जय डी सिल्वा, कसुन रजिथा, सन्तुष गुनालिके र दिलशान मधुशनाकालाई भने सिरिजबाट ड्रप गरिएको छ । इंग्ल्याण्ड र श्रीलंकाबीचको टेस्ट विहीबारदेखि शुरुहुँदै छ ।

यो सिरिज आईसीसी टेस्ट च्याम्पियनसिपको रुपमा रहने छ । सिरिजका दुवै म्याच गालेमा बन्द स्टेडियमभित्र हुने छ । यस्तै, इंग्ल्याण्ड टिमबाट अलराउण्डर मोइन अली कोरोना भाइरसको संक्रमणका कारण आउट भएका छन् ।

श्रीलकन टिम

दिमुथ करुणारत्ने (कप्तान), कुसल जनिथ परेरा, दिनेश चांडीमल, कुसल मेंडिस, एंजेलो मैथ्यूज, ओशादा फर्नांडो, निरोशन डिकवेला, मिनोद भानुका, लाहिरु थिरिमाने, लसिथ एम्बुलदेनिया, वनिंदु हसरंगा, दिलरुवान परेरा, सुरंगा लकमल, लाहिरु कुमारा, विश्वा फर्नांडो, दुश्मंथा चमीरा, दसुन शनाका, असिथा फर्नांडो, रोशन सिल्वा, लक्षण संदाकन, नुवान प्रदीप र रमेश मेंडिस।

Post Add 1025X115
Loading...