ला लिगामा शीर्ष स्थानको एट्लेटिकोले सेभियालाई हरायो

0

सेभियामाथि २–० को जित निकाल्दै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ ।

डिएगो सिमोनी प्रशिक्षित एट्लेटिकोले केरियन ट्रिपियरको पासमा एंगेल कोरियाको शानदार गोलमार्फत अग्रता बनाएको थियो ।

७६ औं मिनेटमा साउल निगुजले गोल गरेपछि एट्लेटिकोको २–० को जित निश्चित भयो । सबै प्रतियोगितामा गरेर पछिल्ला १० खेलमा सेभिया पहिलोपल्ट पराजित भएको हो । सेभिया ला लिगाको छैटौं स्थानमा छ ।

एट्लेटिकोको १६ खेलबाट ४१ अंक भएको छ । दोस्रो स्थानमा रियल मड्रिड ४ अंक पछाडि छ, तर उसले २ खेल बढी खेलेको छ ।

Post Add 1025X115
Loading...