म्यानचेस्टर युनाइटेड तालिकाकाे शीर्ष स्थानमा, सेफिल्डकाे जारी सिजनमै पहिलाे जित

0

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा बर्नलेमाथि १–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । पाहुनाटोली युनाइटेडलाई बर्नलेले पहिलो हाफमा भने बराबरीमा रोकिएको थियो ।

तर, ७१ औं मिनेटमा पौल पौग्बाले गोल गरेपछि युनाइटेड स्पष्ट तीन अंक लिन सफल भयो । नतिजासँगै शीर्ष स्थानमा रहेको युनाइटेडको ३६ अंक छ भने लिभरपुलको ३३ अंक छ । दुवै टिमले १७–१७ म्याच खेलेका छन् ।

मंगलबार राति विजयी भएकाे एभर्टन तालिकाकाे चाैथाे स्थानमा पुगेकाे छ । एभर्टनले २-१ गाेल अन्तरले पराजित गर्दै स्पष्ट तीन अंक लिएकाे हाे । छैटाैं मिनेटमा एलेक्सले गाेल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा राेविन नेभेसले गाेल गरेपछि वुल्भस खेलमा फर्किएकाे थियाे । ७७ औं मिनेटमा एभर्टनका लागि मिचेल केनीले गाेल गर्दै एभर्टनकाे जित पक्का गरे । चाैथाे स्थानमा रहेकाे एभर्टनकाे ३२ अंक छ । समान अंक भएपनि लेस्टर सिटी तेस्राे स्थानमा छ ।

यसैगरी रेलिगेशन जाेनमा रहेकाे सेफिल्ड युनाइटे‍डले जारी सिजनमा पहिलाे जित हात पारेकाे छ । सेफिल्डले न्यू क्यासल युनाइटेडलाई १-० गाेल अन्तरले पराजित गर्दै पहिलाे पटक तीन अंक लिन सफल भयाे । तालिकाकाे पुछारमा रहेकाे सेफिल्डकाे ५ अंक भएकाे छ । अरु दुई अंक भने बराबरीबाट लिएकाे थियाे । सेफिल्डलाई जिताउन पेनाल्टी मार्फत विली सार्पले ३७ औं मिनेटमा गाेल गरेका थिए ।

पराजित भएकाे न्यू क्यासल भने १९ अंकका साथ तालिकाकाे १५ औं स्थानमा छ ।

 

Post Add 1025X115
Loading...