अगुइराेले ब्राइटाेनसँगकाे खेल गुमाउने

0

म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरोले प्रिमियर लिग अन्तर्गत ब्राइटोनविरुद्धको खेल गुमाउने भएका छन ।

पछिल्लो पटक आफन्तलाई कोभिड देखिएपछि आइसोलेसनमा रहेका अगुइरो अझै करिव १० दिनपछिमात्र बाहिर निस्कने बताइएको छ ।

एफ ए कपको तेस्रो चरणको खेल भन्दा केहि घण्टा अगाडीमात्र आइसोलेसनमा बसेका उनको रिपोर्ट नेगेटिभ आएपनि अझै क्वारेन्टिनमा बसेका छन ।

सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले अगुइरो अझै १० दिनपछिमात्र मैदानमा फर्किने बताए । ब्राइटोनको खेलका लागि रहिम स्ट्रलिङ भने फिट हुने बताएका छन ।

सिटी पछिल्ला १३ खेलमा अपराजित रहेको छ । त्यसमा पछिल्ला ६ खेलमा जित निकालेकोस छ । उसले प्रिमियर लिगमा आफ्नो दावेदारीताका लागि निकै मेहेनत गर्नुपर्ने बताइरहेको छ ।

Post Add 1025X115
Loading...