दुवै मिर्गौला बिग्रेका कारण २५ वर्षको कलिलाे उमेरमा निधन भएका क्रिकेटर कुन्दन सिंहको निधनप्रति अस्ट्रेलियाको बिग ब्यास लिग टिम होबार्ट हरिकेन्सले शोक व्यक्त गरेको छ।
पर्थ बिरुद्धको खेल अगाडी होबार्टले एक मिनेटकाे मौन धारणा गर्दै शोक व्यक्त गरेको थियाे । यस क्रममा टिमका सम्पूर्ण सदस्यहरुले पर्थ स्टेडियममा टोपी फुकालेर टाउको निहुराएर शोक व्यक्त गरेका थिए। होबार्टले आफ्नो ट्वीटरमा शोक व्यक्त गर्दै गरेको तस्बिर राख्दै कुन्दनको परिवार प्रति सहानुभूति व्यक्त गरेको छ।
२५ वर्षीय अलराउण्डर खेलाडी सिंहले घरेलु राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा प्रदेश नम्बर-२ को प्रतिनिधित्व गरेका थिए। अन्तिम पटक उनले २ वर्ष अघि काठमाडौँमा सम्पन्न प्रधानमन्त्री कपमा पनि सहभागिता जनाएका थिए।