पल्सर स्पाेर्टस अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड टेवलटेनिसका कीर्तिमानी खेलाडीहरु गीता क्षेत्री र सिजरिन शाहलाई प्रदान गरियो ।
उनीहरु सन् १९९१ मा आयोजित पाँचौं दक्षिण एसियाली खेलकुदका महिला टिम इभेन्ट्समा स्वर्ण विजेता हुन् । त्यो नेपाली महिला खेलाडीले सागमा जितेको पहिलो स्वर्ण पनि थियो । उनीहरूले साे बेला फाइनलमा भारतलाइ हराएर स्वर्ण जितेकाे थियाे ।
त्याे बेला नेपालले टेबल टेनिसमा जितेकाे पहिलाे पटक थियाे । यसका साथै यी २ खेलाडीले नेपालमा टेबल टेनिसकाे विकाशमा पनि ठूलाे याेगदान गरेका छन ।