पल्सर स्पाेर्टस अवार्डमा बर्षकाे उत्कृष्ट प्रशिक्षक तेक्वान्दोका नवीनकुमार श्रेष्ठ बनेका छन ।
तेक्वान्दाे खेलका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ यसवर्ष उत्कृष्ट प्रशिक्षक चुनिए । १३ अाैं सागमा १२ स्वर्ण, ६ रजत र ११ काश्य पदक दिलाएका थिए । सागमा सहभागि भएका सबै तेक्वान्दाे खेलाडीले पदक जितेका थिए ।
अवार्डसँगै उनले एक थान पल्सर माेटरसाइकल जितेका छन । उनले कराँतेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, उसुका अमरकुमार थिङ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका थिए ।