बिग ब्यास लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम होबर्ट हुरिकेन्स पर्थ सोचर्ससँग नौ विकेटले पराजित भयो ।
पर्थमा पहिले ब्याटिङ गरेको होबर्टले २० ओभरमा पाँच विकेट गुमाएँदै एक सय ३९ रन बनायो ।
खराव सुरुवात गरेको होबर्टले ३८ रन बनाउँदा तीन विकेट गुमाएको थियो । उसका बेन म्याकडेरमोट मात्र दुई रनमा आउट भए भने डाविड मालानले खाता खोल्न सकेनन् । यस्तै कप्तान पिटर ह्याण्डकोम्ब १३ रनमा आउट भए ।
पर्थका लागि कोलिन इन्ग्रामले १८ रन बनाउँदा डासी सोर्टले अर्धशतकीय पारी खेले । उनले ५४ रनको योगदान गरे । अन्तिममा टिम डाविडले ३१ र मिचेल ओवेनले ११ रन टिमको खाता थपेका थिए ।
बलिङमा आरोन हार्डीले दुई विकेट लिएका थिए ।
जवाफमा पर्थले १६ ओभर दुई बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा जेसोन रोयले ७४ रन बनाए भने लियाम लिभिङस्टोनले ५४ रन बनाए ।
यो सिजनमा पहिलो पटक विकेट विहिन बनेका छन । पर्थ सोचर्सविरुद्धको खेलमा सन्दिपले विकेट लिन सकेनन् । उनले तीन ओभरमा मात्र २३ रन दिएका छन । टिमको पाँचौ तथा ब्यक्तिग पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिएका थिए भने त्यसपछिका दुई बल डट फालेका थिए । त्यसपछि चौथो बलमा चौका खाएका उनले बाँकी दुई बलमा एक एक रन दिए ।
दोस्रो ओभरमा सन्दिपले आठ रन दिए । टिमको सातौं ओभर लिएर आएका उनले पहिलो बलमा जेसोन रोयको ब्याटबाट चौका खाए । त्यसपछि दोस्रो बल डट फालेका उनले तेस्रो, चौथो, पाँचौं र छैटौं बलमा एक एक रन दिए ।
त्यसपछि उनले तेस्रो ओभरमा सात रन खर्चिए ।
पहिलो बलमा जेसोन रोयले एक रन लिएर आफ्नो अर्धशतक पुरा गरेका थिए । त्यसपछि दोस्रो बलमा सन्दिपले चौका खाए । तेस्रो बलमा एक रन दिएका उनले चौथो बलमा पनि एक रन खर्चिए । पाँचौं बल डट फालेका सन्दिप ओभरको अन्तिम बलपनि डट फाले ।