याे सिजनमा सन्दिप पहिलाे पटक विकेटविहिन

0

बिग ब्यास लिगमा नेपाली खेलाडी सन्दिप लामिछाने यो सिजनमा पहिलो पटक विकेट विहिन बनेका छन । पर्थ सोचर्सविरुद्धको खेलमा सन्दिपले विकेट लिन सकेनन् । उनले तीन ओभरमा मात्र २३ रन दिएका छन ।

टिमको पाँचौ तथा ब्यक्तिग पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिएका थिए भने त्यसपछिका दुई बल डट फालेका थिए । त्यसपछि चौथो बलमा चौका खाएका उनले बाँकी दुई बलमा एक एक रन दिए ।

दोस्रो ओभरमा सन्दिपले आठ रन दिए । टिमको सातौं ओभर लिएर आएका उनले पहिलो बलमा जेसोन रोयको ब्याटबाट चौका खाए । त्यसपछि दोस्रो बल डट फालेका उनले तेस्रो, चौथो, पाँचौं र छैटौं बलमा एक एक रन दिए ।

त्यसपछि उनले तेस्रो ओभरमा सात रन खर्चिए ।

पहिलो बलमा जेसोन रोयले एक रन लिएर आफ्नो अर्धशतक पुरा गरेका थिए । त्यसपछि दोस्रो बलमा सन्दिपले चौका खाए । तेस्रो बलमा एक रन दिएका उनले चौथो बलमा पनि एक रन खर्चिए । पाँचौं बल डट फालेका सन्दिप ओभरको अन्तिम बलपनि डट फाले ।

उनले याे सिजनमा पहिलाे पटक पुरै चार अाेभर बलिङ गर्न पाएनन् ।

Post Add 1025X115
Loading...