एफ ए कपकाे चाैथाे चरणमा लिभरपुल र युनाइटेड भिड्ने

0

इंग्लीस प्रिमियर लिगका चिर प्रतिद्धन्द्धी म्यान्चेष्टर युनाइटेड तथा लिभरपुल, एफ ए कपको चौथो चरणमा भिड्ने भएका छन् ।

गएराती सार्वजनिक भएको एफ ए कपको चौथो चरणको तालिका अनुसार युनाइटेडले लिभरपुललाई प्रतिद्धन्द्धी पाएको हो ।

यस्तै नन लिग क्लब चोर्लीले उल्भ्ससँग पाँचौ चरण प्रवेशका लागि भिड्नेछन् । यता लिग टु क्लब सेल्टेनहम टाउनले पेप ग्वार्डिवालाको टिम म्यान्चेष्रट सिटीलाई स्वागत गर्ने छ ।

यता लिड्स युनाइटेडलाई तीन सुन्य गोलले हराउँदै चौथो चरण प्रवेश गरेको क्रली टाउन गत सिजन घटुवा भएको बर्नमथसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै जोसे मौरिन्होको टटेनहमले वाइकम्बसँग एडम पार्कमा खेल्ने तालिका रहेको छ । यता फुलह्याम र बन्र्ली भिड्नेछन् । चौथो चरणको खेलहरु २३ र २४ जनवरीमा हुनेछन् । यस्तै फेब्रुवरी ९ देखि ११ सम्म हुनेछन् ।

Post Add 1025X115
Loading...