कोरोना भाइरसका कारण यूरोपका शिर्ष ६ लिगका च्याम्पियनले कुल चार दशमव पाँच विलियन पाउण्ड रकम गुमाएका छन ।
युरोपियन च्याम्पियन्सको २०२१ को रिपोर्ट अनुसार २०२० मा कोरोनाले गर्दा युरोपका शिर्ष ६ लिग च्याम्पियनले यति धेरै रकम घाटा खाएका हुन ।
अन्तराष्ट्रिय अडिट कम्पनी केएमपीजीको रिपोर्टका अनुसार शिर्ष ६ लिगका च्याम्पियनले यहि कारणले आफ्नो खर्चपनि कटौती गरेको बताएको छ । त्यसमा रियाल मड्रिड, युभेन्टस, लिभरपुल, पोर्टो, पीएसजी, बार्यन म्युनिखले आफ्नो अपरेटिङ खर्चमा ठूलो घाटा खाएको बताएको छ ।
जसका कारण शिर्ष ६ लिगको घाटा ४.५ बिलियन पाउण्ड पुगेको छ । बार्यन र रियालको गत सिजनमा आफ्नो आम्दानी २२ प्रतिशत कमि आएको छ ।
यस्तै पीएसजीले अघिल्लो सिजनमा एक सय १३ मिलियन पाउण्ड घाटा खाएको र पोर्टोले एक सय चार मिलियन पाउण्ड घाटा ब्यहोरेको बताइएको छ । युभेन्टसले ८९.७ मिलियन पाउण्ड घाटा ब्यहोरेको बताएको छ ।
कोरोनाकै कारण अन्तराष्ट्रिय बजारमा खेलाडीको भाउपनि निकै घटेको सो रिपोर्टले बनाएको छ । २०२० काे सिजनमा रियाल र बार्यनले मात्र थाेरै मात्रामा फाइदा लिएकाे रिपाेर्टले देखाएकाे छ । जसमा रियालकाे शुन्य दशमलव तीन र बार्यनकाे ५.९ प्रतिशत फाइदा भएकाे देखाएकाे छ ।