रंगशालामा ‘बल ब्वाए’ देखि ‘फुटबल एजेन्ट’ बनेका सुगन (भिडियो)

0

विश्व फुटबलमा कुनैपनि एउटा सुपर स्टार खेलाडील कुन क्लवमा जान्छ, कति रकम तलव पाउछ, त्यसमा ठूलो हात फुटबल एजेन्टको हुन्छ । त्यसैले पनि फुटबल एजेन्टलाई खेलाडीले पनि निकै मान्ने गर्छन । पछिल्लो पटक त विकशित देशमा खेलाडी भन्दा बढि चर्चा एजेन्टको पनि हुन थालेको छ ।

नेपालमा फुटबल एजेन्ट भनेर भन्दा त्यति सहज रुपमा लिने वाताबरण अहिलेपनि बनिसकेको छैन । एजेन्ट भन्ने वितिक्कै कमिसन खाने ब्यक्ति भन्ने बुझाइका कारण पनि नेपाली फुटबलमा फुटबल एजेन्ट त्यति आउन सकेका छैनन । तर पनि सुगन तन्डुकार पछिल्लो केहि बर्षदेखि नियमित रुपमा यहि पेशालाई अगाडी बढाइरहेका छन । विदेशबाट खेलाडी ल्याएर नेपालका विभिन्न क्लवमा अनुबन्ध गराउने प्रायः काम उनकै हुन्छ । जसका कारण उनले एक सिजनमा राम्रो आम्दानी पनि गर्ने गरेका छन ।

फुटबलको माध्यमबाट नै गाडी चढ्ने हैसियन बनाएका सुगनको बाल्यकाल त्रिपुरेश्वरमा वितेको थियो । बाल्यकालबाट नै फुटबलको माहोल नजिक रहेका उनले रंगशालामा कुनै खेल हुँदा पानी, चुरोत, सुर्ती, गुट्खा बेच्ने कामपनि गरे । त्यसपछि उनी बल ब्याईका रुपमा पनि काम गरे । विस्तारै दाईहरुको सहयोगले ब्यसायमा लागेको उनले एक समय डान्सबारमा नाच्ने कामपनि गरेका थिए ।

तर समयसँगै उनले आफुलाई परिवर्तन गरेर नयाँ कामलाई हातमा लिएर अहिले सफल एजेन्टका रुपमा परिचय बनाएका छन ।

आज हामी उनकै मुखबाट नेपालमा फुटबल एजेन्ट हुनुको पिडा र यहाँसम्म आउँदाको कथाका बारेमा उनीसँग कुरा गरेका छौ ।

Post Add 1025X115
Loading...