राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरू

0

विश्वकप छनौट अन्तगर्त घरेलु मैदानमा हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ ।

आइतबार बिहानबाट प्रशिक्षण सुरु गरिएको हो । योहान कालिनले राजीनामा दिएपछि टिमका कार्यबाहक सम्हालिरहेका बाल गोपाल महर्जनले आइतबारबाट प्रशिक्षण थालेका हुन् । प्रशिक्षणका लागि ५८ जना खेलाडीलाई बोलाइएको छ ।

अभ्यासका लागि खेलाडीलाई दुइ समुहमा विभाजन गरिएको छ । आइतबार बिहान २७ जना खेलाडी पहिलो सेसनमा अभ्यास गरेका थिए ।

अहिलेको अवस्थामा स्वास्थ्य मुख्य चुनौती भएकाले धेरै खेलाडी बोलाइएको प्रशिक्षक महर्जनले बताएका छन् । नयाँ र अनुभवी खेलाडीको टिमले राम्रो नतिजा ल्याउन सकिने बताएका छन् ।

नेपालले घरेलु मैदानमा दशरथ रंगशालामा आगामी चैत १२ मा चाइनिच ताइपेइ तथा १८ मा अष्टे«लियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेल जेष्ठ २४ गते हुनेछ । नेपालले यसअघि चाइनिच ताइपेइलाई उसैको मैदानमा हराउनु बाहेक अन्य चार खेलमा पराजय ब्येहोरेको छ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीको सूची

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, अर्पन कार्की, देभ लिम्बु

डिफेन्डरः देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकाश खवास, सुमल अर्याल, विकाश तामाङ, अनन्त तामाङ, निसान खड्का, छिरीङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, जोर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दिपेश आले मगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेभ गुरुङ, सेसेहाङ आङदाम्बे, संञ्जोक राई, नितिन थापा

स्ट्राइकरः विमल घर्तिमगर, अविशेक रिजाल रेजित शुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शक गुरुङ, राजेश परियार, विमल राना, अञ्जन विष्ट, राजिव लोप्चाङ, आशिष लामा, प्रिजेन तामाङ

Post Add 1025X115
Loading...