नेपालबाट खेल्न सधै तयार छु, तर समय मिलाउन मुख्य चुनाैती भएकाे छ-सुनम गाैतम (भिडियाे अन्तर्वार्ता)

0

अष्ट्रेलियन क्रिकेटर स्टुवार्ट मेकगिलले बिग ब्यासमा खेल्नका लागि निकै क्षमतावान खेलाडी भनेर नेपाली क्रिकेटर सुनम गौतमको नाम आफ्नो सोसियल मिडियामा लेखेपछि उनको चर्चा नेपाली क्रिकेट समर्थकमा पनि निकै हुन थालेको छ । हाल अष्ट्रेलियामा बस्दै आएका सुनम स्पोर्टस साइन्स पढ्नका लागि पुगेका थिए । तर उनले आफु भित्रको क्रिकेटलाई कहिलेपनि मर्न दिएनन् ।

सन् २०१२ मा अष्ट्रेलिया जानुभन्दा अगाडी सुनमले नेपालबाट पनि खेलेका छ । उनले सन् २००५ मा अन्डर १७ र २००७ मा अन्डर १९ टिमबाट खेलेका थिए । यस्तै २००९ मा उनले इंग्ल्याण्डको एमसीसीविरुद्ध पनि खेलेका थिए ।

राष्ट्रिय टिमको प्रशिक्षणमा पर्दा पढाईका कारण अष्ट्रेलिया पुगेका उनी अहिले त्यहाँको घरेलु क्रिकेट खेलिरहेका छन । उनले फुटस्क्रे क्रिकेट क्लव, ग्रिनभेल कंगारुज हुँदै एडिलेडको साउदर्न डिस्ट्रिक्ट क्रिकेट क्लवमा आवद्ध भएर खेलिरहेका छन । अलराउण्डर सुनमलाई पछिल्लो पटक नेपालबाट खेल्नका लागि पनि प्रस्ताव आएको उनी आफैले नेप्लेजसँगको अन्तरवार्तामा बताएका छन ।

अहिलेको क्रिकेट संघबाट नेपालबाट खेल्नका लागि प्रस्ताव आएको भएपछि लामो समय नेपालमा बसेर खेल्न त्यति सजिलो नभएको उनले बताए । नेपालबाट खेल्ने ठुलो चाहना रहेको तर अष्ट्रेलियाबाट नेपाल आएर लामो समय प्रशिक्षणमा बसेर खेल्न भने केहि चुनौती रहेको उनको भनाई छ ।

किनकी अष्ट्रेलियामा आफ्नो कामलाई पनि सम्हाल्नु पर्ने भएकाले प्रतियोगिताबाट बेला आएर खेलेर फेरि फर्कने वाताबरण पाएमा आफु जहिलेपनि नेपालका लागि खेल्न तयार रहेको सुनमको भनाई छ ।

हेरौ सुनमसँगको भिडियो कुराकानी

Post Add 1025X115
Loading...