विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा ‘स्पोर्टस अफ अल’ कमिसन गठन

0

काठमाडौं । विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसन शुक्रबार गठन गरिएको छ । कमिटी अन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रह“दै आएको यस कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध कार्यक्रम पनि गर्ने भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कमिसन गठनको कार्यक्रममा शुभकामना व्यक्त गर्दै यस संस्थाले आम नेपालीमा खेलकुदको महŒव र आवश्यकताबारे बुझाउन सफल हुने कामना गरे । उनले भने, ‘खेलकुद खेलाडीस“ग मात्र जोडिनु हुन्न, यो सबैको जीवनको एक भाग हुनु पर्छ ।’

कमिसन अध्यक्ष श्रेष्ठले भने आउने वर्षमा खेलकुदबारे जन चेतना बढाउन धेरै भन्दा धेरै कार्यक्रम गर्ने बताए । उनले थपे, ‘खेलकुद सबै बर्गलाई चाहिन्छ । खेलकुद प्रतियोगिता र पदक जित्ने भावनामा मात्र सीमित छैन् । यो स्वास्थ्य क्षेत्रस“ग पनि सम्बन्धित छ । कुनै न कुनै खेलमा सहभागी भएर स्वास्थ्य लाभ गर्न सकिन्छ ।’

यसअघिको ‘स्पोर्टस अफ अल’ कमिसन पनि श्रेष्ठकै अध्यक्षतामा रहेको थियो । यसले प्रत्येक वर्ष जुन २३ मा ओलम्पिक डे मनाउ“दै आएको छ । यसपल्ट पनि यो दिनलाई अझ प्रभावकारी तरीकाले बनाउने कमिसनले कार्यक्रम बनाउने भएको छ । नया“ कमिसनको कार्यसमिति ११ सदस्यीय रहेको छ ।

Post Add 1025X115
Loading...