चितवनमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका लागि सम्झौता सम्पन्न, गौतमबुद्ध कप नाम

0

तीन टिमको सहभागिता रहने त्रिकोणात्मक क्रिकेट प्रतियोगिताका लागि बागमति प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिका विच पहिलो चरणको सम्झौता भएको छ ।

चितवनमा निर्माणाधिक गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको हातामा रहेको नमुना मैदानमा हुने त्रिकोणात्मक प्रतियोगिता मंसिर २७ गतेबाट ३० गतेसम्म हुनेछ । जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याम्पमा रहेका खेलाडीले सहभागिता जनाउनेछन ।

प्रतियोगितामा राष्ट्रिय टिमको क्याम्पमा रहेका खेलाडीलाई तीन टिममा विभाजन गरिनेछ । ती टिमको केहि नाम दिइने भएको छ । जसका लागि आज भरतपुर महानगरपालिका र बागमति प्रदेश खेलकुद विकाश समितीविच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । गौतमबुद्ध कप नाम दिइएको सो प्रतियोगिताका लागि सम्झौता भएको छ । यो प्रतियोगिता कुन फरम्याटमा गर्ने भन्ने एकिन भएको छैन । त्यो पनि चाँडै हुने बताइएको छ ।

सम्झौतापत्रमा भरतपुर नगरपालिका प्रमुख रेणु दाहाल र बागमति प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीविच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र पौडेल र प्रतियोगिता निर्देशक उमेश पियाको पनि सहभागिता रहेको थियो ।

प्रतियोगिताको कुल बजेट २५ लाख रुपैयाँ अनुमान गरिएको छ । जसका लागि भरतपुर महानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपालमा कोरोना महामारीका कारण बन्द भएको क्रिकेट प्रतियोगिता आधिकारीक रुपमा यो प्रतियोगिताबाट सुरु हुनेछ । यो प्रतियोगितापछि क्यानले पीएम कप पुषको ११ गतेबाट काठमाडौं र दाङको लमहीमा गर्दैछ ।

Post Add 1025X115
Loading...