गोपीचन्द्र पार्की गृहनगरमा सम्मानित

0

नेप्लेज । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा आसन्न टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्की गृहनगरमा धनगढीमा सम्मानित भएका छन् ।

कैलाली जिल्ला एथ्लेटिक्स संघले धनगढीस्थित कभर्डहलमा एक कार्यक्रम गरी गोपीलाई २५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरेको हो । बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरुप थप १५ हजार रुपैयाँ प्रदान गरे । कुँवरले धनगढीबाट फर्किएपछि धावक पार्कीलाई केही खेल सामाग्री सहयोग गर्ने प्रतिवद्वता पनि जनाएका छन्।

सम्मानपछि धावक पार्कीले भने, ‘अझै सफलता हासिल गर्न मेहनत गरिरहेको छु। मैले सबैको साथ पाएको छु। यहीँ साथ मेरा लागि उर्जा बनेको छ। अझै साथ पाउने अपेक्षा गरेको छु,।

त्यस्तै सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टोकियो ओलम्पिकमा जाँदा प्रदेशले सक्दो सहयोग गर्ने बताउँदै खटेर मेहनत गर्न धावक पार्कीसँग अनुरोध गरे। धावक पार्कीले केही हप्ता अगाडि सम्पन्न नेपालगन्ज म्याराथनमा पहिलो स्थान ओगट्दै ओलम्पिक यात्रा सुनिश्चित गरेका हुन्।

Post Add 1025X115
Loading...