बार्सिलाेनाका खेलाडी सेर्गी रोबेर्टाेलाई कोरोना पोजेटिभ

0

बार्सिलोनाका खेलाडी सेर्गी रोबेर्टाेलाई कोरोना पोजेटिभ भएको छ । पछिल्लो पटक चोटका कारण टिम बाहिर रहेका उनको पछिल्लो पटक गरेको कोरोना परिक्षण पोजेटिभ आएको छ ।

उनलाई पोजेटिभ आएपनि टिमका अरु खेलाडीसँग उनको सम्पर्क भने भएको थिएन । किनकी उनी टिमबाट बाहिर रहेका थिए । उनी चोटका कारण करिव आठ साता मैदान बाहिर हुनेछन ।

मंगलबार गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । नोभेम्बर २१ तारिखबाट उनी घरमा नै रहेका र पोजुेटिभ आएपछि झन होम आइसोलेसनमा रहेको बताइएको छ ।

बार्सिलोनाका खेलाडीमा कोरोना देखिने उनी चौथो ब्यक्ति हुन । यसअघि जियन टोडीबो, सामुयल उम्टिटी र मिरालेमलाई पोजेटि देखिएको थियो ।

Post Add 1025X115
Loading...