चितवनमा त्रिकाेणात्मक क्रिकेट प्रतियाेगिता मंसिर २७ गतेबाट गर्ने तयारी

0

बागमति प्रदेश खेलकुद विकाश समितीको आयोजना र भरतपुर महानगरपालिकाको प्रायोजनमा मंसिर २७ गतेबाट चितवनमा त्रिकोणात्मक क्रिकेट प्रतियोगिता हुने भएको छ । जसका लागि अन्तिम तयारी सुरु भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले हाल प्रशिक्षणमा राखेका खेलाडीलाई तीन टिममा विभाजन गरेर मंसिर २७ देखि ३० गतेसम्म यो प्रतियोगिता गर्ने तयारी भएको छ ।

चितवनस्थित निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको छेवैमा रहेको नमुना क्रिकेट मैदानमा यो प्रतियोगिता हुने बताइएको छ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अगाडी यो सिरिज हुने भएको छ । क्यानले पीएम कप पुषको ११ गतेबाट गर्न लागेको छ ।

यो प्रतियोगिताका लागि सबै तयारी भएपनि बजेटका एकिन हुन सकेको छैन । जसका लागि दौडधुप भइरहेको छ । खेलाडीलाई काठमाडौंबाट लगेर सुरक्षित राख्न र प्रतियोगिताका लागि हुने खर्च तत्काल जुटाउन केहि चुनौती भइरहेको बताइएको छ । साथै नेपाल क्रिकेट संघले पनि प्रतियोगिताका लागि खेलाडी पठाउन राजि हुनुपर्ने हुन्छ ।

कोरोना भाइरसपछि पहिलो पटक घरेलु क्रिकेटमा राष्ट्रिय खेलाडीले खेल्न लागेका हुन ।

Post Add 1025X115
Loading...