च्याम्पियन्स लिगः धेरैको नजर युनाइटेड र पीएसजीको खेलमा

0

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) राती ४ समूहका ८ खेलहरु हुँदैछन् । तीमध्ये सबैको ध्यान इंग्लिस महारथी म्यानचेस्टर युनाइटेड र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेइन ९पीएसजी०को खेलमा हुनेछ ।

समूह एचमा रहेका यी क्लबका लागि नकआउट चरणमा स्थान सुरक्षित गर्न जितको अनिवार्य आवश्यकत छ । सुरुआती चार खेलमा तीन जितका साथ युनाइटेडको ९ र २ जितका साथ पीएसजीको ६ अंक छ ।

पीएसजीलाई जर्मन टोली आरबी लिपजिगले चुनौति दिइरहेको छ । किनभने उसको पनि समान ६ अंक नै छ । गणीतिय रुपमा भन्नुपर्दा यो समूहका चारै टोलीका लागि नकआउटको यात्राका लागि सम्भावना खुला छ ।

आजै लिपजिगले टर्कीको इस्तानबुल बासाकसेहिरसँग प्रतिस्पर्धा गर्दैछ । ३ अंकका साग इस्तानबुल समूहको अन्तिममा छ ।

आज ओल्ड ट्राफोटमा पीएसजीबिरुद्ध जित निकाल्न सके म्यानचेस्टर युनाइटेडका लागि नकआउट चरणको यात्रा समूह विजेताका रुपमा हुनेछ । पराजय वा बराबरीले अर्को साता हुने समूहको अन्तिम खेलले सबै टुंगो लगाउनेछ । पीएसजीको लागि भने यो खेल गर या मर हुन सक्छ ।

त्यसबाहेक आजै इटलीको फेरेनभारोसले स्पेनिस टोली बार्सिलोना र इटलियन च्याम्पियन युभेन्टसले युक्रेनको डाइनामो किभको आतिथ्यता गर्नेछ । बार्सिलोना र युभेन्टस यसअघि नै अन्तिम १६ मा पुगिसकेकाले यो खेल ती दुई क्लबका लागि समूह विजेता प्रतिस्पर्धाको रुपमा हुन सक्छ । ४ खेलबाट बार्सिलोना अपराजित छ भने युभेन्टसले १ खेल हारेको छ । डाइनामो किभ र फेरेनभारोस यसअघि नै बाहिरिसकेका छन् ।

समूह एफमा बोरुशिया डर्टमन्ट र लाजियोबीचको खेल पनि नकआउट यात्राका लागि दुवै टोलीका लागि निर्णायक बन्नसक्छ । ४ खेलबाट डर्टमन्डको ९ अंक छ र लाजियोको ८ अंक छ । यो समूहमा बेल्जियमको क्लब वर्गको ४ र रुसको जेनितको १ अंक छ । क्लब वर्गले जेनितसँग आजै खेल्नेछ ।

समूह ई बाट स्पेनको सेभियाले घरेलु मैदानमा चेल्सीको अतिथ्य गर्नेछ । दुवै टोली नकआउट चरणमा प्रवेश गरिसकेका कारण यो खेल समूह विजेताका लागि निर्णायक बन्नेछ ।

यो समूहबाट रुसको क्रास्नोदार र फ्रान्सको रेन्नेसले पनि आजै खेल्नेछन् । दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका कारण यो खेल मूलतः प्रतिष्ठाका लागि हुनेछ ।

Post Add 1025X115
Loading...