टी-२० बरियतामा मालानकाे नयाँ कीर्तिमान

0

दक्षिण अफ्रिकाविरुद्धको टी २० सिरिज क्लिनस्विप गर्न निकै महत्वपुर्ण योगदान गरेका इंग्ल्याण्डका ब्याट्सम्यान डोविड मालानले ट्वान्टी ट्वान्टी बरियतामा नयाँ रेकर्ड बनाएका छन ।

उनी टी २० को बरियतामा शिर्ष स्थानमा मात्र उक्लिएका छैनन्, रेट्रिङ पोइन्ट पनि अहिलेसम्म कै धेरै पाएका छन । उनी टी २० क्रिकेटमा ९०० रेटिङ पोइन्ट पाउने पहिलो खेलाडी बनेका छन ।

उनको रेटिङ नौ सय १५ रहेको छ । यसअघि सन् २०१८ मा आरोन फिन्चले नौ सय रेटिङ पाएका थिए । दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा मालानले तीन खेलमा कुल एक सय ७३ रन बनाएका थिए ।

नयाँ बरियता अनुसार मालानले पाकिस्तानी क्रिकेटर बाबर आजाम भन्दा ४४ अंकले अगाडी रहेका छन । मालानले आसन्न बिग ब्यास लिग सन्दिप लामिछानेले खेल्ने टिम होबर्ट हुरिकेन्सबाट खेल्नेछन ।

Post Add 1025X115
Loading...