फेरी राष्ट्रिय टिमकाे प्रशिक्षणमा पर्दा निकै खुसी छु-विराज

आफुलाई खुसी खुसी सेटल गर्ने मौका पाएको छु

0

नेपाली फुटबल टिमकाे कप्तान भइरहेका बेला अचानक राष्ट्रिय टिमबाट बाहिरीएका खेलाडी बिराज महर्जन करिव डेढ बर्षपछि राष्ट्रिय टिमकाे प्रशिक्षणमा समावेश गरिएकाे छ । २०१९ काे जुनमा मलेसियासँगकाे मैत्रीपुर्ण खेल अगाडि उनी एक कार्यक्रमका लागि अमेरीका गएका थिए । तर त्यहाँबाट फर्किन केहि ढिलाे भएपछि उनलाइ टिमबाट नै हटाइएकाे थियाे ।

तर त्याे बेला उनकाे फिटनेसमा समस्या रहेकाे भनिएकाे थियाे । तर पछि चाइनीज ताइपेइसँग खेल्न जाँदापनि टिममा परेनन् । उनी मैदान बाहिर हुँदा जुन पिडा भाेगेका थिए, त्याे उनले मनमा नै राखेका छन ।

करियरकाे उत्तरार्धमा पुगेका विराजले राम्राे खेल खेलेर सन्यास लिने मनसाय रहेकाे भनेर एन्फालाइ अनुराेध गरेका थिए । सायदै त्यहि भएरपनि हाेला एन्फाले विराजलाइ करिव साँढे एक बर्षपछि क्याम्पमा बाेलाएकाे छ ।

तत्कालिन कप्तान तथा डिफेन्डर विराज महर्जनले एन्फाले आफुलाई क्याम्पमा समावेश गरेर निकै खुसी दिलाएको बताए । यो विचमा मैदान बाहिर हुँदा जुन वाताबरण आफुले देखे र भोगे त्यसले निकै दुःख लागेको बताए । तर एन्फाले आफुलाई प्रशिक्षणमा राखेर खेलाडीको योगदानको कदर गर्न खोजेको उनले बताए ।

विराजले खेलाडीको मनोभावना बुझेर उसलाई राम्रो तरिकाले सेटल गर्न खोजेको बताए । २०१९ को जुनमा मलेसियासँगको मैत्रीपुर्ण खेल अगाडी टिमबाट बाहिर रहेका विराजलार्ई त्यो बेला फिटनेसको कारण नराखेको प्रशिक्षक योहान कालिनले बताएका थिए । तर विराजले पछि आफु फिट नभएको भनेपनि प्रशिक्षकले टिममा बोलाएका थिएनन् ।

टिमले विश्वकप छनोट खेल्दा विराज टिमबाट निकै टाढा थिए । यो विचमा उनले आफुले मानसिक रुपमा निकै दबाव खेपेको बताए । अब फेरी प्रशिक्षणमा पर्दा निकै खुसी लागेको र करियरलाई राम्रोसँग सेटल गर्ने मौका पाएको बताए ।

उनले याे अवसरलाइ कसरी हुन्छ राम्राे गर्ने माैका रहेकाे बताए । विराज सन २००८ बाट राष्ट्रिय टिममा रहेका छन ।

Post Add 1025X115
Loading...