नयाँ माैकालाई सुखद तरिकाले आत्मसाथ गर्नेछु-बिमल घर्तिमगर

0

आसन्न फिफा विश्वकप छनोटका तयारीका लागि अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो चरणमा ५८ जना खेलाडीलाई पहिलो चरणमा प्रशिक्षणमा बोलाइएको छ । यो पटक राष्ट्रिय फुटबल टिमको कार्यबाहक प्रशिक्षकका रुपमा रहेका बालगोपाल महर्जनले अनुभवी र नयाँ खेलाडी गरेर टिमलाई बन्द प्रशिक्षणका लागि बोलाएका हुन । जसमा पछिल्लो डेढ बर्षदेखि टिमबाहिर रहेका अनुभवी तथा नेपालका लागि कप्तानी समेत गरेका विराज महर्जन र पछिल्लो पटक कारवाहिमा परेर बाहिरीएका र कारवाहि सकिएपछि पनि टिममा पर्न नसकेका विमल घर्तिमगरसहित दिनेश राजवंशी, सन्तोष तामाङलाई पनि टिममा राखिएको छ ।

विमल घर्तिमगर करिव एक बर्षपछि टिमको प्रशिक्षणमा फर्किएका हुन । गत नोभेम्बरमा भएको कुवेतविरुद्धको खेलको अघिल्लो दिन अनुशासन विपरितको काम गरेको भन्दै विमलसहित दिनेश र सन्तोषलाई टिमबाहिर राखिएको थियो । जसका कारण उनीहरुलाई कारवाहि गरिएको थियो ।

तर कारवाहि सकिएपछि पनि उनीहरुलाई टिममा बोलाइएको थिएन । त्यहि विचमा कोरोनाले फुटबल बन्द भयो भने बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि पनि तीनै जनालाई एन्फाले प्रशिक्षणमा बोलाएन ।

तर अब विश्वकप छनोटका लागि राम्रो टिम बनाउनुपर्ने भन्ने लक्ष्यका साथ बालगोपालले तीनै जनालाई प्रशिक्षणका लागि बोलाएका छन ।
करिव एक बर्षपछि राष्ट्रिय टिमको प्रशिक्षणमा परेका विमलले नेप्लेजसँगको कुराकानीमा आफु प्रशिक्षणमा परेको आधिकारीक जानकारी नआएको र अहिले घरमा नै रहेको बताए । तर यदि एन्फाले प्रशिक्षणका लागि बोलाएको हो भने त्यो आफ्ना लागि नयाँ मौका रहेको र नयाँ चुनौती थपिएको बताए ।

यसअघि जे भयो भयो, अब नयाँ लक्ष्य र चाहनाका साथ मैदानमा उत्रिने मौका रहेको र यसलाई आफुले राम्रोसँग सदुपयोग गर्ने बताए । एक बर्ष मैदान बाहिर हुँदा जुन पिडा आफुलाई भएको छ, त्यो ब्यक्त गर्न निकै कठिन भएको उनको भनाई छ ।

तर अब फेरी नयाँ बाटो खुलेको जस्तो आभाष भएको बताए । अब एन्फाले प्रशिक्षणका लागि आधिकारीक जानकारी दिएपछि काठमाडौं आउने बताए ।

एएफसीले विश्वकप छनोट २०२१ को जुन १५ मा सक्ने तालिका बनाएको छ । नेपालले अहिलेसम्म खेलका पाँच पाँच खेलमा एकमात्र जित निकालेको छ ।

Post Add 1025X115
Loading...