भारतले अष्ट्रेलियासामु ३ सय ३ रनकाे चुनाैती

0

अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा भारतले तीन सय तीन रनको लक्ष्य दिएको छ ।

कानबेरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय दुई रन बनायो । राम्रो सुरुवात गर्न नसकेको भारतले २६ रनमा पहिलो विकेट गुमाएका थियो । त्यसपछि ८२ रनमा दोस्रो विकेट खेर फालेको भारतले एक सय १४ रन बनाउँदा तेस्रो विकेट गुमायो ।

उसका ओपनर शिखर धवन १६ रनमा आउट भए भने शुंभव गिलले ३३ रन बनाए । त्यसपछि क्रिजमा आएका श्रेयस ऐयरपनि १९ रनमा आउट भए । लगत्तै लोकेश राहुल मात्र पाँच रनमा पेभेलियन फर्किएपछि भारतले एक सय २३ रनमा चौथो विकेट गुमायो ।

भारतका लागि कप्तान विराट कोहलीले ६३ रन बनाए । उनले एकदिवसिय क्रिकेटमा कम खेलमा १२ हजार रन बनाउने रेकर्डपनि बनाए ।

अन्तिममा हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गर्दै भारतलाई चुनौतीपुर्ण लक्ष्यमा पुर्याए । जसमा हार्दिकले ९२ रन बनाए । उनले ७६ बलमा सात चौका र एक छक्का प्रहार गरे । यस्तै जडेजाले ५० बलमा ६६ रन बनाए । जसमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

Post Add 1025X115
Loading...