विश्वकप छनाेटकाे तयारीका लागि ५८ खेलाडी प्रशिक्षणमा, बिमल र बिराजपनि क्याम्पमा

0

नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई क्याम्पमा बोलाएका छन ।
यसअघि बंगलादेशविरुद्धको दुई वटा मैत्रीपुर्ण खेलका लागि प्रशिक्षणमा रहेका खेलाडी बाहेक प्रशिक्षक महर्जनले २४ नयाँ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएका छन ।

फिफा विश्वकप छनोटका लागि चाँडै प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ । यसका साथै कप्तान विराज महर्जनलाई पनि यसपटक प्रशिक्षणमा बोलाइएको छ । जसमा आदित्य चौधरी, विमल घर्तिमगर, सन्तोष तामाङ र दिनेश राजवंशी पनि प्रशिक्षणमा बोलाइएको छ ।

आदित्य चौधरीले तीन वर्षपछि टोलीमा पुनरागमन गरेका छन् भने बिमल एक बर्ष भन्दा बढि समयपछि मैदानमा फर्किने भएका छन । मिडफिल्डर विक्रम लामा भने खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएकाले प्रशिक्षणमा समावेश हुने छैनन् ।

फिफा विश्वकप छनोट अन्तर्गत भुटानमा भएको कुवेतविरुद्धको खेल अगाडी चार खेलाडी प्रतिबन्धमा परेका थिए । यस्तै विराजपनि लामो समयपछि क्याम्पमा फर्किएका छन ।

फुटबल टिमको प्रशिक्षण डिसेम्बर १२ ताखिरबाट सुरु हुने बताइएको छ । जसमा प्रशिक्षण बन्द रंगशालामा हुने भएको छ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीको सूची

गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दिप कार्की, विशाल सुनार, अर्पन कार्की, देभ लिम्बु

डिफेन्डरः देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकाश खवास, सुमल अर्याल, विकाश तामाङ, अनन्त तामाङ, निसान खड्का, छिरीङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान, रोहित चन्द

मिडफिल्डरः सुजल श्रेष्ठ, विशाल राई, जोर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, सुनील बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दिपेश आले मगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेभ गुरुङ, सेसेहाङ आङदाम्बे, संञ्जोक राई, नितिन थापा

स्ट्राइकरः विमल घर्तिमगर, अविशेक रिजाल रेजित शुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शक गुरुङ, राजेश परियार, विमल राना, अञ्जन विष्ट, राजिव लोप्चाङ, आशिष लामा, प्रिजेन तामाङ

Post Add 1025X115
Loading...