लुइजले युराेपा लिगकाे खेल नखेल्ने

0

आर्सनलका डिफेन्डर डेविड लुइजले युरोपा लिग अन्तर्गत रापिड भियनासँगको खेल गुमाउने भएका छन ।

प्रिमियर लिग अन्तर्गत उल्भरह्याम्टनसँगको खेलका बेला राउल जिमिनेजसँग ठोकिएर टाउकोमा चोट बोकेका लुइजलाई टिमले आराम गरेको छ ।

लुइजसँग डरलाग्दो तरिकाले ठोकिएपछि जिमिनेजको टाउकोको सल्यक्रिया नै भएको छ । आइतबार भएको सो खेलमा लुइजले घाइते हुँदाहुँदै पनि खेलेका थिए । तर पछि उनलाई सब्सिच्युट गरिएको थियो ।

सोमबार क्लवका डाक्टरले लुइसको घरमा नै गएर उनको चोटका बारेमा बुझेका थिए । त्यसपछि प्रशिक्षणमा पनि उनको चोटलाई निरिक्षण गर्दा उनलाई आरामको आवश्यकता रहेको बताएका हुन ।

Post Add 1025X115
Loading...