अहिले नै प्रशिक्षक पदबाट राजिनामा दिन्न-जिदान

0

च्याम्पियन्स लिगमा मंगलबार राति भएको खेलमा रियाल मड्रिड साख्तर डोनेस्कसँग पराजित भएपछि प्रशिक्षक जिनेदिन जिदानमाथि आफ्नो जागिर जोगाउने दबाव बढेको छ । यस्तैमा जिदानले आफु तत्काल राजिनामा नदिने बताएका छन ।

सो खेलमा रियाल दुई शुन्यले पराजित भएको थियो । पहिलो पटक रियालको प्रशिक्षक हुँदा लगातार तीन वटा च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका जिदान यसपटक भने नकआउट चरणमा पुग्नपनि कठिन अवस्थामा छन ।

साख्तरसँगको हारपछि रियाल १३ सिजनपछि पहिलो पटक नकआउट चरणमा नपुग्ने संभावना कायमै छ । तर जिदानले भने अझैपनि टिम नकआउट चरणमा पुग्ने संभावना रहेको र त्यो आशालाई कायमै राख्न चाहेको बताएका छन ।

उनले पत्रकार सम्मेलनमा आफुले राजिनामा नदिने प्रष्ट पारे । अहिलेको अवस्था कठिन भएपनि त्यसबाट बाहिर निस्कन जरुरी रहेको बताए ।
रियालको नकआउट चरणमा पुग्ने संभावना भने इन्टरले बोरुसिया मोन्चेनग्लाडबाखलाई हराएपछि जिवितै बनेको हो ।

यदि अर्को साता घरेलु मैदानमा हुने जर्मन टिमविरुद्धको खेलमा जित निकालेमा नकआउट चरणमा प्रवेश गर्नेछ । त्यसमा पनि इन्टरले साख्तरलाई हराएमा र रियालले जर्मन क्लवलाई हराएमा समुहको शिर्ष स्थानमा रहनेछ । तर यदि रियालले हारेमा र इन्टरले जितेमा समुहको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरीनेछ ।

Post Add 1025X115
Loading...