काेहलीकाे एकदिवसीय क्रिकेटमा नयाँ रेकर्ड

0

 

भारतीय कप्तान विराट कोहलीले एकदिवसिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन । उनले कम खेलमा १२ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन । साथै उनले सचिन तेन्दुलकारको रेकर्डलाई पनि तोड्न सफल भए ।

अष्ट्रेलियाविरुद्धको अन्तिम खेलमा २३ रन बनाएपछि उनले यो रेकर्ड बनाएका हुन । उनले २ सय ४२ खेलमा १२ हजार रन पुरा गरेका हुन ।

सचिनले १२ हजार रन पुर्याउनका लागि तीन सय खेल खेलेका थिए । तर कोहलीले यो रेकर्ड ५८ खेल अगाडी नै पुरा गरेका हुन ।

यसअगाडी पनि कोहलीले एकदिवसिय क्रिकेटमा १० हजार रन कम खेलमा पुर्याउने खेलाडी बनेका थिए ।

यदि अन्तिम खेलमा कोहलीले शतक प्रहार गरेमा एकदिवसिय क्रिकेटमा सर्वाधिक शतकमा रिकी पोन्टिङसँग बराबरी गर्ने मौका थियाे । तर उनी ६३ रनमा पेभेलियन फर्किए ।

Post Add 1025X115
Loading...