उत्तम कर्माचार्य क्यानमा प्रवेश, खेलाडी छनोट समितीको संयोजकमा नियुक्त

0

नेपाल क्रिकेट संघले उत्तम कर्माचार्यको संयोजकत्वमा खेलाडी छनोट समिति बनाएकाे छ । क्यानले बुधबार एक विज्ञप्ति निकाल्दै पूर्व कप्तान कर्माचार्यको संयोजकत्वमा छनोट समिति बनाएकाे छ ।

यस्तै क्यानले संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट समिति समेत गठन गरेको छ । क्यानले दुई समितिका अन्य सदस्यहरु भने आगामी बैठकले थप गर्ने जनाएको छ ।

क्यानकाे नयाँ कार्यसमिती चयन हुँदा उनकाे पेस्की फर्च्याेट नभएकाे भन्दै उनले क्यानकाे निर्वाचनमा भाग लिन पाएका थिएनन् । तर पछि उनकाे पेष्की फर्स्याेट भएकाे भनेर क्यानले उनलाइ क्यानमा प्रवेश गराएकाे हाे । पछिल्लाे पटक क्यानले खेलाडी छनाेट समितीबिना नै टिम तयार पार्ने गरेकाे थियाे ।

सन् १९९६ मा कर्माचार्यको कप्तानीमा नेपालले आईसीसी मान्यता प्राप्त पहिलो आधिकारिक प्रतियोगिता एसीसी ट्रफी खेलेको थियो । उनी क्यानका पूर्व सदस्य समेत हुन् । यस्तै उनले क्यानको सचिव भएर काम गरिसकेका छन् ।

 

Post Add 1025X115
Loading...