अस्ट्रेलियाविरुद्धको तेस्रो एक दिवसीयमा भारतले पहिला ब्याटिङ गर्दै

0

तीन म्याचको एक दिवसीय सिरिज २–० ले गुमाएको भारतले आज अन्तिम खेलमा जित निकाल्ने लक्ष्य लिएको छ ।

तर अस्ट्रेलियाका ब्याट्सम्यानको उच्च प्रदर्शन र भारतीय वलको खराव प्रदर्शनका कारण २ खेल गुमाउँदै सिरिज हातबाट फुत्काएको भारत आज इज्जत जोगाउन भरपुर प्रयास गर्दा अस्ट्रेलिया भने सिरिज ह्वाइटवास गर्ने अभियानमा हुने छ ।

क्यानबेरामा हुने खेलमा भारतले आज टस जितेर पहिला ब्याटिङ रोजेको छ । आजको खेलमा भारतीय खेलाडी टी नटराजनले डेब्यु गरेका छन् । मोहम्द शमीलाई विश्राम दिएर नटराजनलाई डेब्यु गराइएको हो । यस्तै अस्ट्रेलियाको कमेरन ग्रीनले पनि डेब्यु गर्दै छन् ।

Post Add 1025X115
Loading...