स्पेनीस टेनिस खेलाडी ८ बर्षकाे प्रतिबन्धमा

0

स्पेनीस टेनिस खेलाडी इनरिक लोपेज पेरेजलाई आठ बर्षको प्रतिबन्ध लागेको छ । खेलमा मिलोमतो गरेको आरोपमा उनलाई प्रतिबन्ध लागेको हो ।

सन् २०१७ मा उनले तीन वटा खेलमा मिलोमतो गरेको टेनिस इन्टिग्रिटी युनीटले बताएको छ । २९ बर्षे पेरेजलाई २५ हजार डलर जरिवाना पनि लगाइएको छ ।

पेरेज पुरुष एकलको बरियतामा सर्वाधिक धेरै एक सय ५४ औं स्थानमा पुगेका थिए । जुन २०१८ मा थियो ।

उनले सन् २०१७ मा तीन पटकसम्म टेनिसको एन्टी करप्सनको नियम उलंघन गरेको र त्यसपछि पनि अरु दुई पटक त्यहि गल्ति दोहोर्याएको बताएको छ ।

पेरेज २०१८ को डिसेम्बर देखि प्रतिबन्धमा परेका छन । तर अब उनले आठ बर्षसम्म कुनैपनि प्रतियोगिता खेल्न नपाउने भएका छन ।

Post Add 1025X115
Loading...