आफ्नो स्वामित्व र विधान नहुँदा एएफसी क्लव लाइसेन्सबाट चुकेको आर्मी क्लव

0

विश्व फुटबल महासंघ फिफा र एशियन फुटबल महासंघ एएफसीको मापदण्ड अनुसार डकुमेन्ट नपुगेको भनेर नेपाली फुटबल क्लवको आवेदनलाई खारेज गर्यो । जसका कारण २०२१ मा कुनैपनि क्लवले एएफसी क्लव लाइसेन्स नपाउने पक्का भएको छ । सन् २०१३ बाट नै एएफसीले क्लव लाइसेन्सका लागि ताकेता गर्दापनि सात बर्षसम्म नेपाली क्लवले यसका लागि योग्य नहुनु आफैमा नेपाली फुटबल क्लव कतिको ब्यवसायीक छन भन्ने पनि बुझ्न सकिन्छ ।

तर यहि विचमा विभागिए टिम त्रिभुवन आर्मीको एउटा डकुमेन्ट नपुग्दा यो बर्ष क्लव लाइसेन्स पाउनबाट बञ्चिल भयो । एएफसी र फिफाले तोकेका पाँचवटा सर्तमा चार वटा सर्त मिलेपनि एउटा पक्षको डकुेन्ट आर्मीका लागि पर्याप्त भएन ।

त्यसमा क्लवको सरकारी संस्थामा दर्ता भएको हुनुपर्ने, अडिट रिपोर्ट र विधान हुनुपर्ने भन्ने पेपरको कमी भएको बताइएकाे छ । एएफसीले पनि आर्मीको प्रयासलाई तारिफ गरेको छ । यता आर्मीले यदि फेरी सबै डकुमेन्ट बनाएर फेरी अपिल गर्न पाउने र त्यसका लागि एन्फाले अपिल पत्र लेख्न तयार रहेकाे महासचिव इन्द्रमान तुलाधरले बताए । तर यो बर्षका लागि उचित समय नभएको एन्फाको भनाई छ ।

किनकी क्लव लाइसेन्सका लागि यो बर्षको समय सकिन लागेको र आर्मीले नभएको पेपरलाई आधिकारीक बनाउन केहि समय लाग्न सक्ने अनुमान एन्फाको छ ।

एन्फा महासचिवले क्लवले क्लव लाइसेन्सका लागि प्रयास जारी राख्नुपर्ने र यो अहिलेको आधारभुत कुरा भएकाले यसलाई हासिल गर्नुको विकल्प नभएको बताए ।

अब २०२१ मा फेरी क्लवहरुले २०२२ का लागि लाइसेन्सको अपिल गर्न पाउनेछन । त्यो बेला आर्मीले अपुरो डकुमेन्ट पुरा गरेमा पाउने लगभग पक्का रहेको छ ।

एएफसीले मुख्य गरी ५ बुँदामा लाइसेन्सको मापदन्ड तोकेको छ । तीन बुँदाभित्र १९ वटा सहायक शीर्षक छन् । लाइसेन्स पाउनका लागि क्लबहरुको स्पोर्टिङ गतिविधि आवश्यक छ । यसमा एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियलको अनुबन्ध लगायत पर्नेछ । अर्को कानूनी प्रक्रिया हो । क्लबको अस्थित्व र स्वामित्वसँगै उसको बिधानसमेतलाई पारदर्शी प्रस्तुत गर्नुपर्ने हुन्छ ।

एएफसीले सबैभन्दा महत्वपूर्ण मानेको अर्को बुँदा हो, आर्थिक प्रतिवेदन । यसमा वार्षिक बजेट, अडिट रिपोर्टदेखि कर चुक्ताको प्रमाणपत्र पनि पर्ने छ । पूर्वाधारको बुँदामा क्लबहरुकबो आफ्नै रंगशाला हुनुपर्ने, एकेडेमी, खेलाडीको होस्टेल, प्रशिक्षणस्थल सबै सुविधा हुनुपर्नेछ ।

पाँचौं मापदन्डमा युथ कार्यक्रम पर्छ । नेपालका कुनै पनि क्लबमा युथ डेवलेभमेन्ट कार्यक्रम नै छैन । क्लबको एकेडेमी, युथ स्तरका दुई टिम र ग्रासरुट कार्यक्रमहरु समावेश गर्नुपर्ने हुन्छ ।

Post Add 1025X115
Loading...