दक्षिण अफ्रिकी टिममा ६ जना भन्दा बढि गाेराे बर्णका खेलाडी राख्न नपाइने

0

दक्षिण अफ्रिकी क्रिकेट बोर्डले राष्ट्रिय टिम छनोटका लागि नयाँ नियम बनाएको छ । जसमा सिनियर टिममा ६ जना भन्दा बढि सेतो बर्णका खेलाडी राख्न नपाइने नियम बनाएको छ ।

नेटवर्क २४ का अनुसार दक्षिण अफ्रिकी क्रिकेट बोर्डले बनाएको नयाँ प्रस्तावमा टिममा ५८ प्रतिशत काला बर्णका खेलाडी हुनुपर्ने भनिएको छ । यस्तै २५ प्रतिशत खेलाडी इथिनिकल्ली कालो बर्णका खेलाडी हुनुपर्ने प्रस्ताव गरिएको छ ।

टिमले खेलेका हरेक खेलमा दुई इथिनिक कालो बर्णका खेलाडी हुनैपर्ने भनिएको छ । २०२२ र २०२३ को विश्वकपमा दक्षिण अफ्रिकाले ६३ प्रतिशत कालो बर्णका खेलाडी टिममा राख्नुपर्ने भनिएको छ ।

दक्षिण अफ्रिकाले अहिले इंग्ल्याण्डसँग टी २० सिरिज खेलिरहेको छ । जसमा दुई खेल उसले हारिसकेको छ । पछिल्लो पटक दक्षिण अफ्रिकी क्रिकेटमा केहि विवाद जस्तो देखिएको छ ।

Post Add 1025X115
Loading...