बलिउड अभिनेता शाहरुख खानले अमेरिकाको मेजर लिग क्रिकेट टिम किनेका छन ।
नाइट राइडर्स फ्रन्चाईजीका सह मालिक रहेका खानले अमेरिकाको मेजर लिग क्रिकेट क्लबमा पनि लगानी गरेका छन ।
ईण्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सका सह मालिक उनले क्यारेबियन प्रिमियर लिगमा पनि टिम खरिद गरेका छन ।
पछिल्लाे पटक उनकाे क्रिकेटमा निकै चासाे बढ्न थालेकाे छ। उनले नाइट राइडर्सलाइ एउटा फ्रेन्चाइजीका रूपमा अगाडी बढाउने बताएका छन ।