क्यानले यहि साताभित्र जीएम, फाइनान्स र क्रिकेट म्यानेजरकाे टुंगाे लगाउने

0

नेपाल क्रिकेट संघ क्यानले आइसीसीको निर्देशन अनुसार जनरल म्यानेजर, क्रिकेट म्यानेजर र फाइनान्स म्यानेजको टुंगो दुई तीन दिनमा लगाउने भएको छ ।

जीएम, क्रिकेट म्यानेजर र फाइनान्स म्यानेजरका लागि करिव तीन महिना अगाडी खोलिएको आवेदनलाई चरणबद्धरुपमा छनोट गरेर अब अन्तिम ब्यक्तिको नियुक्ति दुई तीन दिनमा गर्ने भएको छ ।

यसका लागि क्यानले अन्तिम नामावली आइसीसीलाई पठाइसकेको बताएको छ । सोमबार तीनै विधाका लागि छनोट भएका अन्तिम नामावलीलाई आइसीसीलाई पठाएको छ । अब आइसीसीले त्यो सूचीलाई ग्रिन सिग्नल दिएपछि क्यानले तीन वटै पोष्टमा उपयुक्त ब्यक्ति नियुक्त गर्ने भएको छ ।

जनरल म्यानेजरका लागि अहिले तीन जनाको चर्चा बढि भइरहेको छ । जसमा रौनक मल्ल, प्रशान्त कुँवर र योगेश सापकोटाको बढि चर्चा रहेको छ । तर त्यसमा पनि अहिले रौनक मल्ल आउन सक्ने भन्ने चर्चा बढि छ । क्यानका एक पदाधिकारीका अनुसार क्यानले आइसीसीलाई अन्तिममा अन्तरवार्ता लिएका सात जनाको नाम पठाएको र त्यसमा पनि नम्बरिङ गरेर पठाएको बताए ।

यस्तै क्रिकेट म्यानेजरमा विनोद दास हुने पक्का जस्तै छ । किनकी त्यो पोष्टका लागि अन्तरवार्ता दिने उनी एक्लो ब्यक्ति हुन । फाइनान्स म्यानेजरका लागि तीन जनाको नाम आइसीसीलाई पठाइएको छ ।

क्यानले आफ्नो तर्फबाट काम लगभग सकेको बताएको छ । ९९ प्रतिशत काम सकेको र अब अन्तिममा आइसीसीसँग समन्वय गरेर नाम फाइनल गर्न बाँकी रहेको बताइएको छ ।

Post Add 1025X115
Loading...