सुस्त रूपमा भएपनि घरेलु क्रिकेट गतिविधी सुरू हुँदै

0

कोरोना भाइरसका कारण चैत्रबाट बन्द भएका क्रिकेट गतिविधी विस्तारै सुचारु हुन थालेका छन । नेपालमा नै कोरोनाको महामारी बढेपछि ठप्प भएको क्रिकेट गतिविधीलाई क्यानले फेरी विस्तारै सुरु गर्न थालेको छ ।

यसका लागि आगामी पुषको ११ गतेबाट सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितालाई मध्यनजर गरेर जिल्लामा छनोट प्रक्रियाहरु सुरु हुन थालेका छन । क्यानले पुरुष खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको छ ।

पीएम कपका लागि आफ्नो मातहतमा रहेका ३९ जिल्लाको छनोटका लागि पत्राचार गरेपछि जिल्लाहरुले पनि खेलाडी छनोटका लागि सूचना जारी गरेका छन । जिल्लाको छनोट यहि मंसिर २१ गतेसम्म सक्नुपर्नेछ ।

जिल्लाको छनोट सकिएपछि प्रदेश छनोट हुनेछन । जुन पुसको सात गते सकिनेछ । त्यसपछि प्रदेश क्रिकेट संघले अन्तिम टिम तयार पार्नेछन । जसमा तीन विभागिएसहित १० टिमको सहभागिता हुनेछ ।

पीएप कप भन्दा अगाडी नै चितवनमा तीन टिमको प्रतिस्पर्धाका लागि पनि तयारी भइरहेको छ । जसको छलफल अन्तिम चरणमा पुगेको छ ।
पुरुष र महिला पीएम कप सुरु भएपछि नेपालको घरेलु क्रिकेटले नयाँ गति लिने विश्वास गरिएको छ ।

Post Add 1025X115
Loading...