एफ ए कपमा तेस्राे चरणमा टाेटनहमले मरिनसँग खेल्ने

0

एफए कपको तेस्रो चरणमा नथर्न प्रिमियर लिग क्लब मरिनले इंग्लिस क्लब टोटेनहमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

मरिनका बोस निल योङले यो सिजनको एफ ए कपको ड्र अविश्वस्निय भएको जिकिर गरेका छन् । साथै जारी सिजन तालिकाको शीर्षस्थानमा रहेको प्रिमियर लिग क्लब टटेनहमसँगको प्रतिस्पर्धामा आफ्नो टिमले शत प्रतिस्पर्धा दिने बताएका छन् ।

एफ कपको तेस्रो चरणमा प्रवेश गर्ने मरिन ८ औँ डिभिजनको दोस्रो क्लब हो । गएराती सार्वजनिक भएको एफए कपको तेस्रो चरणको ड्र अनुसार अन्य खेलमा नन लिग क्लब चोर्लीले वायन रुनीको क्लब डर्बीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै आर्सनलले घरेलु मैदानमा न्यु क्यासल युनाइटेडलाई स्वागत गर्नेछ भने लिभरपुलले एस्टोन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ । खेलहरु आगामी वर्षको जनवरीको ८देखि ११ सम्म आयोजना हुनेछ ।

Post Add 1025X115
Loading...