पार्माको सिजनमा दोस्रो जित, टोरिनो र साम्पाडोरिया बराबरीमा

0

नेप्लेज । इटलियन सिरी ए फुटबलमा गएराति भएका २ खेलहरु पुछारका २ टिमहरुको बीचमा थियो । रेलिगेसन क्षेत्रमा रहेको पार्मा र जियोनाबीचको खेलमा पार्माले २-१ को जित हासिल गरेको छ । पार्माका लागि यो सिजनको दोस्रो जित हो र ९ खेलबाट ९ अंकसहित ऊ अंकतालिकाको १६ औं स्थानमा पुगेको छ ।

अवे टोली पार्माका लागि दुवै गोल आइभरी कोष्टका स्ट्राइकर गार्भिन्होले गरेका थिए । खेलको सातौ. मिनेटमा गोल गरी उनले पहिलो हाफमा अग्रता दिलाए ।

दोस्रो हाफको दोस्रो मिनेटमै टिमको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटपछि एलडर सोमोउरोदोभले जियोनाका लागि एक गोल फर्काए । बाँकी समयमा गोल हुन सकेन । जियोना ५ अंकसहित रेलिगेसन क्षेत्रमा यथावत छ ।

अर्को खेलका साम्पाडोरियाले टोरिनोसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि साम्पाडोरिया ९ खेलबाट ११ अंकसहित ११ औं स्थानमा पुगेको छ । उसले २ स्थान सुधार गरेको हो । टोरिनो भने ६अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।

Post Add 1025X115
Loading...