वेष्ट ह्याम प्रिमियर लिगको पाँचौं स्थानमा उक्लियो

0

नेप्लेज । लन्डन रंगशालामा उत्कृष्ट खेल प्रदर्शन गरी एष्टोन भिललामाथि २(१ को जितका साथ वेष्ट ह्याम युनाइटेड इंग्लिस प्रिमिय लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

एस्टोन भिल्लाका ओली वाट्किन्सले इन्ज्यूरी समयमा गरेको बराबरी गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले खारेज गरेपछि वेष्टह्यामको जितको बाटो खुलेको थियो । भिडियोना वाट्किन्सको पाखुरा अफसाइडमा देखिएको थियो । तर उनलाई वेष्टह्यामका डिफेन्डर एंगेलो ओग्बोनाले धकेलेका थिए ।

उनले गरेको पेनाल्टी प्रहार क्रसबारमा लागेपछि एस्टोन भिल्लाले बराबरीको अर्को अवसर गुमाएको थियो । समग्रमा भन्दा उनीहरु खेल बराबरीका लागि योग्य थिए तर भाग्यले साथ दिएन ।

डेभिड मोयसको प्रशिक्षणमा वेष्टह्यामले जारी सिजन निकै नै प्रभावशाली प्रदर्शन गरिरहेको छ । गएराति खेल सुरु भएको दोस्रो मिनेटमा ओग्बोन्नाको हेड गोलार्फत वेष्टह्यामले अग्रता बनाएको हो ।

भिल्लाले पछिल्ला तीनै अवे खेल जितेको थियो । पहिलो हाफ आफ्नो नियन्त्रणा राखेको पनि थियो । २५ औं मिनेटमा ज्याक ग्रेलिसले भिल्लाका लागि बराबरी गोल गरे ।

दोस्रो हाफको पहिलो मिनेटमा जेरार्ड बोवेनले गोल गरेपछि वेष्टह्यामले अग्रता बनायो । त्यसपछि भिल्लाका केहि प्रहार गोल हुन नसक्दा त्यही गोल नै निर्णायक बन्यो ।

Post Add 1025X115
Loading...