नाडालद्वारा एटीपी टूरमा एक हजार खेल जित्ने कोशेढुंगा पूरा

0

नेप्लेज । पेरिस मास्टर्स टेनिसमा आफ्नै देशका फेलिसियानो लोपेजमाथि जित हासिल गरेसँगै स्पेनिस सुपरस्टार रफायल नाडाल एटीपी टूरमा १ हजार खेल जित्ने विश्वकै चौथा खेलाडी बनेका छन् ।

अमेरिकी महान खेलाडी जिम्मी कोन्नोर्स (१२७४), उनकै लामो समयका प्रतिस्पर्धी रोजर फेडेरर (१२४२) र चेक रिपब्लिकका इभान लेन्डल (१०६८) मात्र नाडालभन्दा अगाडि छन् ।

१३औं पल्ट फ्रेन्च ओपन र समग्रमा २० औं पल्ट ग्रान्डस्लाम जितेको १ महिनापछि नाडालले आफ्नो करिअरको अर्को कोशेढुंगा पार गरेका हुन् ।

‘मैले यो नम्बरको उपलब्धिसम्म पुग्नका लागि धेरै कुराहरु राम्रो गरेँ होला,’ नाडालले प्रतिक्रिया दिए । जितपछि उनलाई सुवर्ण अक्षरमा ‘१०००’ लेखिएको सिसाको ट्रफी प्रदान गरिएको थियो ।

अझै पनि शीर्ष स्तरमा खेल्न पाउँदा गर्व महशुस हुन्छ ? भनेर सोधिएको प्रश्नमा नाडालले भने, ‘हजुर, मैले चोटका कारण करिअरमा केहि चुनौतिको सामना गर्नुपरेको थियो । ३४ वर्षको उमेरमा यो स्तरमा खेल्न सक्नु मेरो लागि शौभाग्यको कुरा हो । तर यो मेरो लागि मात्र होयन मेरो पूरा टिम र परिवारका लागि पनि हो ।’

नाडालले पेरिस मास्टर्सको अन्तिम १६ मा बोर्ना कोरिक र जोर्डन थम्पसनबीचको विजेतासँग खेल्नेछन् ।

 

Post Add 1025X115
Loading...