काेराेनाका कारण हालेपले डब्लुटिए फाइनल नखेल्ने

0

महिला टेनिसकी विश्व नम्वर दुई खेलाडी सिमोना हालेपलाई कोरोना पोजेटिभ भएको छ । उनले आफ्नो सामाजिक सञ्जालमा आफु कोरोना पोजेटिभ भएको सामान्य लक्षण देखिएको बताएकी छिन ।

२९ बर्षे रोमानियन खेलाडी हालेपले आफु पोजेटिभ देखिएपछि आइसोलेसनमा रहेको बताएकी छिन । यसका साथै उनले आफुलाई निकै सामान्य लक्षण देखिएको र त्यसबाट बाहिर आउने क्रममा रहेको बताएकी छिन ।

पूर्व विश्व नम्वर एक टेनिस खेलाडी हालेप कोरोनाको त्रासका कारण नै यूएस ओपनका लागि अमेरीका गएकी थिइनन् ।

सन् २०१८ मा फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितेकी हालेपले यो बर्षको फ्रेन्च ओपन खेलेका थिइन । तर उनी चौथो चरणबाट नै बाहिरीएकी थिइन ।

कोरोना देखिएपछि उनले नोभेम्बर नौ तारिखबाट सुरु हुने डब्लुटीए फाइनल नखेल्ने भएकी छिन ।

Post Add 1025X115
Loading...