श्रीलंकालाई विश्वकप जिताएका गुरुसिना नाइजेरियाकाे मुख्य प्रशिक्षक

0

सन् १९९६ मा श्रीलंकाले विश्वकपको उपाधि जित्दाका खेलाडी असांका गुरुसिना नाइजेरियाको नयाँ मुख्य प्रशिक्षक तथा हाई पर्फमेन्स डाइरेक्टरमा नियुक्त भएका छन ।

१९८५ देखि १९९६ सम्म ११ बर्ष श्रीलंकाका लागि खेलेका थिए । श्रीलंकाका टप अडर खेलाडी गुरुसिनाले ४१ टेष्ट र एक सय ५७ एकदिवसीय खेल खेलेका थिए ।

उनले १९९६ को विश्वकपको फाइनलमा अष्ट्रेलियाविरुद्ध ६५ रन बनाएका थिए । खेलाडी जीवनपछि उनी लेभल थ्री कोर्षका लागि अष्ट्रेलियाको मेलबर्न गएका थिए । उनी सन् २०१७ देखि श्रीलंकाको क्रिकेट म्यानेजरका रुपमा काम गरिरहेका थिए ।

यसका साथै उनी क्रिकेट अष्ट्रेलियाको क्षेत्रीय प्रशिक्षक पनि बनेका थिए । अब उनले अफ्रिकी देश नाइजेरीयाको मुख्य प्रशिक्षकका रुपमा काम गर्नेछन । नाइजेरियन क्रिकेट फेडेरेसनले उनलाई डिसेम्बर महिनामा सार्वजनिक गर्ने भएको छ ।

पछिल्लो समय नाइजेरियामा क्रिकेटको विकाश निकै राम्रो तरिकाले भइरहेको छ । त्यसमा पनि १८ महिनामा नाइजेरियाले यू १९ विश्वकप खेलेको थियो । यस्तै अन्तिम बर्ष टी २० विश्वकप छनोटमा पनि राम्रो गरेका थियो ।

श्रीलंकन प्रशिक्षकलाई नियुक्त गरेपछि नाइजेरियन क्रिकेटको विकाशमा अझ ठूलो सहयोग पुग्ने संघले बताएको छ ।

Post Add 1025X115
Loading...