सागकाे प्रशारण अधिकारकाे ८ कराेड रूपैयाँ खै ?

६ वटा चेक बाउन्सहुँदा कानूनी लडाइ जारी

0

१३ औं दक्षिण एशियाली खेलकुद साग सकिएको एक बर्ष पुग्दापनि टेलिभिजन प्रशारण अधिकारको रकम पाएको छैन । सागका लागि भारतीय कम्पनी एन के मिडियालाई नेपाल ओलम्पिक कमिटीले आठ करोडमा प्रशारण अधिकार विक्रि गरेको थियो ।

तर सागकै विचमा सो कम्पनी भागेको थियो । जसका कारण अहिलेसम्म सो कम्पनीले बुझाउनुपर्ने रकम दिएको छैन । विभिन्न मितीमा सो कम्पनीले ६ वटा चेक दिएको थियो । तर खातामा रकम नहुँदा सबै रकम बाउन्स भएका थिए ।

पछिल्लो पटक सो कम्पनीविरुद्ध मुद्धा चलिरहेको छ । त्यसको छिनोफानो कहिले हुन्छ एकिन छैन । गत मंसिर १५ गतेदेखि २४ गतेसम्म भएको प्रतियोगिताका लागि भारतीय कम्पनीसँग सम्झौता हुँदा ठुलो आलोचना भएको थियो । त्यो बेला सम्झौता हुँदा ओलम्पिक कमिटीले १५ लाख रुपैयाँ एडभान्स लगेको भन्ने बुझिएको छ ।

सम्झौता अनुसार एनके मिडियाले सम्पुर्ण खेलको प्रत्यक्ष प्रशारण गर्ने र विभिन्न देशमा पनि हुने भनिएको थियो । यतिमात्र होइन ५० प्रतिशत विज्ञापन पनि उसैले खोज्ने भनेको थियो । तर साग सुरु भएको केहि दिनमा नै सो कम्पनीले हात झिकेको थियो ।

त्यसपछि सो कम्पनीले सम्झौता अनुसार विभिन्न मितीमा ओलम्पिक कमिटीको नाममा ६ वटा चेक दिएको थियो । तर ती चेकको खातामा शुक्का रकम पनि थिएन ।

सागको १० दिनपछिको मितीमा चेक ओलम्पिक कमिटीले बैंकमा जम्मा गर्दा रकम नभएर बाउन्स भयो । नेपाल इन्भेष्टमेन्ट बैंकका चेक दिइएको थियो । तर रकम भने थिएन । त्यसपछि ओलम्पिक कमिटीले सो कम्पनीको प्रतिनिधीसँग कुरा गर्दा भारतमा नै आएर रकम लिन भनेको थियो ।
बारम्बार चेक बाउन्स हुँदा अहिले कानूनी प्रक्रियामा रहेको छ । जुन आश्वासन दिएर सम्झौता गरेको थियो, त्यो नभएपनि सो कम्पनीले बदमासी गरेको ठहर ओलम्पिक कमिटीले गरेको थियो ।

सुरुवातमा ओलम्पिक कमिटीसँग सम्झौता भएको थियो भने दोस्रो पटक ओलम्पिक र राष्ट्रिय खेलकुद परिषद्विच सम्झौता भएको थियो । जसमा प्रशारण अधिकार र विज्ञापन बाफत ५० प्रतिशत रकम परिषद्ले पाउने थियो । तर त्यो पाउनका लागि यतिबेला राखेपलाई निकै मुस्किल भएको छ ।

Post Add 1025X115
Loading...