नबाैं राष्ट्रिय खेलकुदकाे अन्याेल, गण्डकी प्रदेश गर्न तयार, केन्द्रिय स्तरबाट चासाे कम

0

राष्ट्रिय खेलकुद प्रतियोगिता, मुलुकको सबैभन्दा ठुलो खेल मेला हो । २०३८ सालमा सुरु भएको प्रतियोगिता हरेक दुई वर्षमा आयोजना हुनुपर्ने हो ।

तर पूर्वाधार अभाव र प्रयाप्त तयारी अभावमा अहिलेसम्म आठ संस्करण मात्र भएको छ । यसपाली फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौं संस्करण पनि कोरोना महामारीका कारण प्रभावित हुने देखिएको छ । पुनरागम नै संघर्षरत नेपाली खेलकुद, राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि तयार छ त भन्ने प्रश्र उब्जिन थालेकाे छ ।

पछिल्लाे पटक नबाैं राष्ट्रिय खेलकुदका लागि पर्याप्त बजेट पनि छैन । यस्तैमा याे बर्ष हुने भनिएकाे प्रतियाेगिता नुहने प्रबल सम्भावना बढेकाे छ ।

चैत देखि कोरोनाले पारेको असर कहिलेसम्म रहन्छ, यकिन भैसकेको छैन् । यस्तो अवस्थामा अबको तीन महिना पछि हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने कुरै भएन् । पूर्वाधारका हिसावले त गण्डकी प्रदेशमा धेरै खेलहरु आयोजना गर्न सकिने स्थिति छ ।

सुटिङ रेन्ज, स्वीमिङ पुल तथाहक्कीका खेल पुर्वाधार निर्माणकार्य राकिए पनि बाँकी संरचना सामान्य मर्मत गरे पुग्छ । तर अहिलेकै अवस्थामा फागुन २१ देखि २८ नवौं खेलकुद प्रतियोगिता गर्न आयोजक पक्ष तयार रहेको भनिएको छ । यसका लागि प्रतियोगिता स्थलको तयारी ८५ प्रतिशत सकिएको भनिएको छ ।

अहिलेसम्म ३५ वटा खेल खेलाउने तयारी छ । बृहत खेलकुद प्रतियोगितामा छनौट हुन स्थानीय,जिल्ला हुँदै प्रदेशको छनोट प्रतियोगिता गर्नुपर्छ । यो प्रकृया पुरा गर्न तीन महिना लाग्ने परिषद्ले जनाएको छ । तर कोरोना महामारीका कारण खेलाडीको छनोट शुरु हुनै सकेको छैन् । त्यसमाथि बढ्दो संक्रमण दरले राखेपलाई झन चिन्तित बनाएको छ ।

पुर्वाधार र खेलाडी छनोट मात्र समस्या हैन् । स्वास्थ्य सुरक्षापनिअहिलेको चुनौतीहो । आयोजना अघि बढाइ हालेमा पनि पाँच हजार भन्दाबढी खेलाडीको उपस्थिति रहने प्रतियोगिता संक्रमणमुत्त mहुन्छ भन्ने निश्चित छैन् । यस्तो अवस्थामा फागुनमा प्रतियोगिता नहुने र एक वर्ष पछि धकेलिने सम्भावना प्रवल छ ।

Post Add 1025X115
Loading...