नेपालमा आयोजना भएकाे दक्षिण एशियाली खेलकुद साग सम्पन्न भएको करिव एक बर्षपछि राष्ट्रिय खेलकुद परिषद्ले खर्च विबरण सार्वजनिक गरेको छ । जसमा परिषदले सागमा खेलुकद कार्यक्रममा एक अर्व ३१ करोड ७८ लाख ४३ हजार रुपैयाँ खर्च भएको बताएको छ भने पुर्वाधार निर्माणमा दुई अर्व ८६ करोड १४ लाख २८ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।
यस्तै विजेता खेलाडी, प्रशिक्षक र सहभागि संघलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख रुपैयाँ पुरस्कार रकम दिएको जानकारी दिएको छ ।
सागको आयोजनाका बेला तीन महिना भित्रमा हिसावकिताव सार्वजनिक गर्ने प्रतिबद्धता जनाएपनि परिषद्लाई एक बर्ष लागेको हो । त्यसमा सदस्यसचिव नै परिवर्तन भएर फेरी फर्किएका थिए ।
परिषदले देखाएको खर्चमा काठमाडौं सचिवालयमा ६ करोड ७४ लाख, ५६ हजार रुपैयाँ खर्च भएको जनाएको छ । यस्तै टिम तयारीमा ३० करोड ८० लाख, खेल स्थल ब्यवस्थापनमा एक करोड २९ लाख रुपैयाँ खर्च भएको जनाएको छ । खेल सामाग्रि ब्यवस्थापनमा २८ करोड २२ लाख रुपैयाँ, स्वंयमसेवक परिचालनमा एक करोड १७ लाख, सागको उद्घाटन र समापनमा ११ करोड ५९ लाख रुपैयाँ खर्च भएको उल्लेख गरेको छ ।
सागको प्रचारप्रसारमा ६ करोड ७० लाख रुपैयाँ अथिती सत्कारमा ५० लाख ७६ हजार, प्राविधिक समितीमा ६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ । अन्तराष्ट्रिय निर्णायक तथा अथितीको हवाई भाडामा ४ करोड ५६ लाख रुपैयाँ, स्वास्थ्य समितीमा चार करोड ४९ लाख रुपैयाँ, श्रोत ब्यवस्थापनका लागि ११ लाख ४१ हजार, होटेल बसोबासमा १३ करोड ३५ लाख रुपैयाँ, यातायात ब्यवस्थापनमा तीन करोड ८३ लाख रुपैयाँ खर्च भएको परिषद्ले जनाएको छ । एन्टी डोपिङ टेष्टमा ७७ लाख रुपैयाँ, अनुगमन समितीमा ५८ लाख रुपैयाँ खर्च भएको भनेको छ ।
यस्तै पोखरा सचिवालयमा सात करोड ६२ लाख ९८ हजार रुपैयाँ खर्च भएको भनेको छ भने जनकपुर सचिवालयमा ८० लाख रुपैयाँ भन्दा बढि खर्च भएको छ । परिषदले सागका बेला कुल दुई अर्व ८६ करोड १४ लाख रुपैयाँ खर्च भएको बताएको छ ।
पुर्वाधारमा सातदोबाटो हिटिङ पौडी पोखरीमा २२ करोड ९२ लाख रुपैयाँ खर्च भएको भनेको छ भने दशरथ रंगशाला पुर्ननिर्माणमा ६८ करोड एक लाख रुपैयाँ, सातदोबाटोको स्क्वास कोर्ट निर्माणमा सात करोड ८० लाख रुपैयाँ, तेक्वान्दो तथा कराँते एकेडेमी निर्माणमा १४ करोड ५ लाख रुपैयाँ, च्यासल रंगशाला निर्मााणमा २६ करोड ५६ लाख रुपैयाँ खर्च भएको परिषद्ले जनाएको छ ।
यस्तै लन टेनिस निर्माणमा तीन करोड ९३ लाख रुपैयाँ, लैनचौर कर्भडहल निर्माण ३४ लाख, कीर्तिपुर क्रिकेट मैदान तथा कर्भडहल निर्माणमा ३३ करोड रुपैयाँ खर्च भएको भनेको छ ।
पोखरा रंगशाला निर्माणमा एक अर्व चार करोड ५६ लाख रुपैयाँ खर्च भएको छ । पोखरामा साग भेन्यु निर्माणमा चार करोड ६० लाख रुपैयाँ र धनुषा कर्भडहल निर्मााणमा ३५ लाख रुपैयाँ खर्च भएको भनेको छ ।
सागका बेला परिषद्ले एक अर्व ३७ करोड, २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसमा नेपाल सरकारबाट एक अर्व २३ करोड, टिकट विक्रिबाट दुई करोड ६७ लाख, विज्ञापनबाट करिव २१ लाख, सहभागि देशबाट एघार कराेड २१ लाख ३५ हजार ५ सय ९८ रुपैयाँ आम्दानी भएको छ ।