फिफा वरियतामा नेपाल एक स्थान ओर्लियो

0

नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १७१ औं स्थानमा रहेको छ ।

यसअघि १७० औं स्थानमा थियो । कोरोना महामारी शुरु भएको ९ महिना पछि पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशसँग पहिलो खेल २–० ले गुमाएको नेपालले दोस्रो खेल भने गोलरहित बराबरी गरेको थियो । नेपालले ९६८ अंक हासिल गरेको छ ।

दक्षिण एशियामा भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

यसैगरी बंगलादेशले तीन स्थान सुधार गर्दै १८४ औं स्थानमा पुग्दा भुटान १८९ औं स्थानमा रहेको छ ।पाकिस्तान २०० औं स्थानमा रहेको छ । यस्तै बेल्जीयम शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।

Post Add 1025X115
Loading...