नानीको प्रेरणादायी संघर्षकथा– भोकको पीडा थाहा पाउन भोकै हुनुपर्छ

0

पोर्चुगल र म्यानचेस्टर युनाइटेडका सुपरस्टार नानीको पूरा नाम लुइस कार्लोस अल्मेइदा डा चुन्हा हो । उनकी दिदीले मन पराएर नानी नाम दिएकी थिइन्, उनलाई त्यही नामले विश्वचर्चित बनायो । करिव एक दशक म्यानचेस्टरमा विताएका नानीले त्यसपछि पोर्चुगल, स्पेन र इटलीका क्लबबाट पनि खेले । अहिले अमेरिकाको मेजर सकर लिगमा ओर्लान्डो सिटीबाट खेलिरहेका ३४ वर्षीय नानीको करिअरको सुरुआती संघर्ष वास्तवमै प्रेरणादायी छ । गरिवीका कारण भोकै बस्नुपर्ने आदतदेखि आमाबाबुको बेमेलसम्मले उनलाई बालकअवस्थादेखि नै निकै गम्भीर बनायो । प्रतिष्ठित वेवसाइट द प्लेयर्स ट्रिब्यूनमा उनले आफ्नो संघर्षकथा साझा गर्ने प्रयास गरेका छन् । हामीले त्यहीँ छापिएको उनको कथालाई नेपाली रुपान्तरणसहित प्रस्तुत गरेका छौं ।

                                      000

यो पूरा कहानी तव सुरु हुन्छ जव हामी भोकले मर्न लागेका थियौं ।

एकदिन जव म निकै सानो थिएँ, त्यतिबेलै निश्चित भइसकेको थियो कि ईश्वरले मलाई फुटबल खेलाडी बन्नका लागि रोजेका थिए । म एक शयनकक्ष भएको घरमा आमा र आठ भाइबहिनीसँग बस्थेँ । घरभरि मुसा र माउसुलीको अड्डा थियो ।

हामीसँग खानका लागि केहि पनि थिएन ।

हामी आफ्नो जीवनका लागि संघर्षरत थियौं ।

त्योभन्दा अगाडि म तपाईहरुलाई भन्छुु कि के भएको थियो । म के भन्न गइरहेको छु भने हामी त्यस्तो जीवनशैलीमा कसरी पुग्यो र त्यसबाट कसरी छुटकारा पायौं । केहि वर्ष पहिला जव म सात वर्षको थिएँ । हामी एउटा काठको घरमा बस्थ्यौं जुन मेरा पिताले बनाएका थिए । त्यसको छतमा प्वाल परेको थियो र वर्षाको मौसममा हामीले त्यसलाई प्लास्टिकले ढाकेर राख्थ्यौं ।

मेरा पिताले उचित सामाग्रीका साथ एक ठूलो घर बनाउन पर्याप्त धन जम्मा पारेका थिए ।

तर घर बनाउन सुरु गरिएको थियो तर सम्पन्न नहुँदै उहाँ केप भर्डे जानुप¥यो जहाँ हाम्रो पुख्र्यौली बसोबास थियो ।

मैले सोचेको थिएँ कि उहाँ केहि सातापछि आउनुहुन्छ । तर महिनौं बित्यो, उहाँ आउनुभएन ।

मलाई थाहा थिएन कि के भइरहेको छ । उनका थुप्रै छोराहरु थिए त्यसैले सायद उहाँ उनीहरुसँग मिल्न जानुभयो । म पितालाई धेरै माया गर्थें तर बिस्तारै त्यो माया घृणामा परिवर्तन हुन थाल्यो ।

तर उनको अनुस्थितिले मेरी आमाको जीवन निकै नै कठिन बनाइदियो ।

भोकको परिभाषा निकै जटिल छ, केहि मान्छेहरु भन्छन्, ‘अफ्रिकाका ती गरीव बच्चालाई हेर्नुस् ।’ ठीक हो, तपाईं उनीहरु भोकले मरिरहेको देख्न सक्नुहुन्छ । तर यसको अनुभव लिने प्रयास गर्नुस । यो महशुस गर्ने प्रयास गर्नुस कि तपाईंको मुख सुकिरहेको छ, पेट कराइरहेको छ, तपाईंको शरीरमा यति दुखाई महशुस भइरहेको छ कि छाला काटिएजस्तो लागेको छ

उनीसँग चार छोरी र पाँच छोरा थिए । तीमध्ये सबैभन्दा कान्छो म हुँ । उनले सबै बच्चाको पालनपोषण गर्नुपथ्र्यो । हामी लिस्वनको नजिकै रहेको शान्त स्थल अमाडोरामा बस्थ्यौं । तर पाँच मिनेटको पैदल दूरीमा सरकारी आवासीय आयोजना सान्टा फिलोमेना थियो, जहाँ प्रायःजसो खराव कुराहरु हुन्थे । त्यस क्षेत्रमा केप भर्डिन्स, एंगोलान्स, जिप्सिजजस्ता संस्कृतिका मानिसहरुको बसोबार हुन्थ्यो । उनीहरु एकअर्कासँग झगडा गरिरहन्थे । मैले धेरैपल्ट हाम्रो क्षेत्रमा पुलिस र एम्बुलेन्सहरुको ताँती देखेको छु । मैले गोली प्रहारबाट मान्छेको हत्या भएको हल्लाहरु पनि सुनिरहन्थेँ । तर मेरी आमा कहिल्यै पनि त्यसबाट भयभीत हुनुभएन । यदि कसैले हामीलाई छुने हिम्मत गर्यो कि उहाँ हाम्रो सुरक्षाकवचको रुपमा हुनुहुन्थ्यो । हामी उहाँलाई ‘चिकेन मदर’ भन्थ्यौं किनभने उहाँले हामीलाई त्यसैगरी सुरक्षा दिनुहुन्थ्यो ।

उहाँले हाम्रो पेट भर्न जे पनि गर्नुभयो । उहाँ गायिका पनि हुनुहुन्थ्यो । एउटा रेस्टुरेन्ट र अग्नि नियन्त्रक बिभागमा काम गर्नुहुन्थ्यो । तर उहाँका लागि तनाव अधिक थियो । केहि वर्षपछि उहाँले एकजना केटा साथी पाउनुभयो । हामी अहिलेसम्म पनि बुबाले अधुरो छाडेको त्यही ठूलो घरमा थियौं । तर उहाँको केटा साथीले त्यस घरमा बस्न मानेनन्, उनी उनकै घरमा बस्न चाहन्थे, तर त्यो निकै साँघुरो थियो । हामी उनकै घरमा बस्न थाल्यौं । त्यहाँ एउटा बेडरुम, एउटा लिभिङ रुम र एउटा किचन थियों । १० जनाले एउटा शौचालय प्रयोग गर्नुपथ्र्यो । म सोफामा सुत्थेँ ।

बिस्तारै हाम्रा लागि मुसा र माउसुली सामान्य हुन थाल्यो । जव तपाईं बालक हुनुहुन्छ त यो आश्चर्यजनक हुन्छ कि तपाई हरेक कुरा कसरी सामान्यीकरण गर्दै लान सक्नुहुन्छ ।

तर एउटा कुरा जसको तपाईलाई कहिल्यै बानी पर्ने छैन– त्यो हो भोको रहनु ।

भोकको परिभाषा निकै जटिल छ । केहि मान्छेहरु भन्छन्, ‘अफ्रिकाका ती गरीव बच्चालाई हेर्नुस् ।’ ठीक हो, तपाईं उनीहरु भोकले मरिरहेको देख्न सक्नुहुन्छ । तर यसको अनुभव लिने प्रयास गर्नुस । यो महशुस गर्ने प्रयास गर्नुस कि तपाईंको मुख सुकिरहेको छ, पेट कराइरहेको छ, तपाईंको शरीरमा यति दुखाई महशुस भइरहेको छ कि छाला काटिएजस्तो लागेको छ । र यो एउटा यस्तो स्थिति हो कि त्यसको तपाईंलाई बानी पार्नुपर्ने हुन्छ ।

मैले कयौंपल्ट त्यो महशुस गरेको छु ।

मेरो बिचारमा भोको रहनुको एउटै मात्र राम्रो पक्ष के हो भने तपाईलाई त्यसको समाधान खोज्न बाध्य बनाउँछ ।

एकदिन मेरा दाई पाउलो रोबर्टोले एउटा बिचार राखे । त्यतिबेल म सायद १० वर्षको हुँला । मेरो दाजु मभन्दा ५ वर्ष जेठो थियो, उसले मूल रुपमा हाम्रो पिताको स्थान लिएको थियो । उसले मलाई केहि सिकाइरहेको थियो । र उसले मलाई भन्यो, ‘हामी लिस्वनको धनीहरु बसोबास गर्ने क्षेत्रमा पुगेर खानाका लागि कुराकानी किन नगर्ने ?’

वास्तवमा म यसबारे निश्चिन्त थिइनँ । के यो सजिलो छ र ? तर पाउलोलाई थाहा थियो कि त्यहाँ कस्ता मानिसहरुसँग अतिरिक्त भोजन हुने गर्छ । र उ सही थियो । हामी गयौं, म आश्चर्यचकित बनेँ कि उनीहरुले हामीलाई पाउरोटी, सुप र विस्कुट दिए । केहि व्यक्तिले हामीलाई भित्र बोलाए, कसैले खानेकुरा किन्नका लागि पैसा दिए, हामीले केहि साथी पनि बनायौं ।

मेरो बिचारमा उनीहरुले हामीलाई यसकारण मन पराए कि हामीले चोरी गर्ने प्रयास गरेनौं । हामीले सोध्यौं, हामी इमानदार थियौं ।

एकदिन पाउलो र म फुटबल खेलिरहेका थियौं, त्यतिबेला पिज्जाहट देख्यौं । जव हामीले खानेकुरा माग्यौं, भनियो कि उनीहरुसँग केहि पनि छैन । तर हामी जव त्यहाँबाट निस्कँदै थियौं, एकजना महिला हामीतिर चिच्यउँदै आइन्, उनी भनिरहेकी थिइन्, एकछिन रोक, एकछिन रोक ।

दुई मिनेटपछि उनी पिज्जा लिएर आइन् जुन पूर्ण रुपमा ताजा थियो ।

पिज्जा… त्यो निकै मीठो थियो ।

यदि तपाईलाई कहिल्यै भोक लाग्दैन भने तपाई सोच्न सक्नुहुन्छ कि यो अनावश्यक कुरा गरिरहेको छ । तर तपाई यो चरणमा पुग्नुभएको छ भने तपाईंले बुझ्नुहुन्छ कि म कति सत्य बोलिरहेको छु । म के भन्छु भने मलाई अझै पनि त्यो पिज्जाको स्वाद राम्रोसँग याद छ ।

ती महिलाले हामीलाई के गर्दैछौ भनेर सोधेकी थिइन् । मेरो दाइले भनिदियो कि हामी फुटबल खेलिरहेका छौं । जेसुकै भए पनि उनले अर्को दिन हामीलाई फेरि आउन भनिन्, उनी हामीले खेलेको हेर्न चाहन्थिन् ।

हामीले त्यही ग¥यो । एकपल्ट उनले मेरो दाइले खेलिरहेको देखिन् र भनिन्, ‘तिमी निकै राम्रो खेल्छौ ।’

उनले भनिन्, ‘मेरा एकजना साथी छन् जो व्यवसायिक खेलाडी हुन् । सायद उनले तिमीलाई सहयोग गर्न सक्छन् ।’

उनका साथी थिए, मार्को औरेलियो । छिट्टै नै उनले पाउलोलाई स्पोटिङ लिस्वनबाट प्रशिक्षणको व्यवस्था मिलाइदिए । मेरो दाइले पिज्जा माग्न पुगेको थियो र उसले पोर्चुगलको प्रतिष्ठित मध्येको क्लबमा ट्रायलका लागि छानियो ।

यो जीवनमै बिरलै पाइने अवसर हो । तर जुन समयमा पाउलो प्रशिक्षणका लागि पुगेको थियो, त्यतिबेला १ महिना ढिला भएको थियो ।

म यो पनि विश्वास गर्छु कि भगवानले मलाई आफ्नो बाटोमा सही मानिसहरु भेट्टाइदिए

फेरि तनाव भयो

एक घन्टा होइन, २० मिनेट पनि होइन, एक महिनाको कुरा थियो ।

तर एउटा कुरा के भने पाउलो मभन्दा धेरै फरक थियो । उ एउटा उत्कृष्ट खेलाडी हो, त्यसमा शंका छैन । तर उनको झुकाव गलत स्थानमा रह्यो , उसका पहिलेदेखि नै केहि खराव साथीहरु थिए । उसले धुमपान गर्न सुरु गरिसकेको थियो । उसले अवसरको उपयोग गर्न असफल भयो । उसले नेदरल्यान्ड्सको स्पार्टा रोटेर्डामबाट पनि प्रशिक्षण लियो तर व्यवसायिक फुटबल बन्ने समर्पण उसमा कहिल्यै रहेन ।

जव मैले थाहा पाएँ कि स्पोर्टिङसँग सम्झौता गर्ने अवसरलाई उसले गुमायो, मैले महशुस गरेँ, ईश्वरले मलाई एक फुटबलर बनाएर परिवारको सहयोग गर्न पठाएका हुन् ।

मेरा सबै दाईहरुसँग केहि न केहि कमी थियो जसले उनीहरुलाई सही बाटोमा पु¥याउँथ्यो । अनुशासन, समर्पण र सकारात्मकता । तर खै कसरी हो मसँग ती सबै थियो ।

म यो पनि विश्वास गर्छु कि भगवानले मलाई आफ्नो बाटोमा सही मानिसहरु भेट्टाइदिए । त्यसमा पहिलो थिए, सविनो । मेरो नजिकको साथी, जसले मलाई मेरो जीवनको पहिलो फुटबल प्रशिक्षणमा बोलाएका थिए, त्यतिबेला म ७ वर्षको थिएँ । म सम्झन्छु कि प्रशिक्षण सामाग्री लिन म घर आए र एकजोर कट्टु, एकजोर जिन्स, एउटा शर्ट र एकजोर छालाको जुत्ता बोकेँ । अक्सर यी सामान पार्टीमा जाँदा प्रयोग गरिन्छ । पानी परिरहेको बेलामा म घरबाट निस्किएँ । साविनोले मलाई रेलमा आउन भनेको थियो तर मसँग रेलको टिकट खरिद गर्ने सामथ्र्य थिएन त्यसैले म दौडेरै त्यहाँ पुगेँ ।

म मैदानमा पुगेँ । त्यहाँ पुगेर मैले आफ्नो कट्टु खोलेँ र मैदानमा कुद्न थालेँ । त्यहाँ अन्य बच्चाहरु मलाई हेरेर जिस्क्याइरहेको थिए, ‘हाहाहा… हेर त त्यसले के लगाइरहेको छ.. ।’

तर हामीले जव खेल्न थाल्यो, निकै कठिन भएको थियो । किनभने मैदान हिलो थियो । मैले हिलोकै बीचमा दुई खेलाडीको बीचबाट ड्रिबल गरी पहिलो गोल गरेँ । मैले अर्को एउटा लामो दूरीको प्रहार गरेँ । त्यसको केहि समयमै प्रशिक्षकले मेरो पाखुरा समाए ।

उनले भने, ‘तिमी यता आउ त । तिमी को हौ ? यहाँसम्म कसरी आइपुग्यौ ?’

मैले भनेँ, ‘दौडेर आएँ ।’

उनले मात्र आफ्नो टाउको हल्लाए । ‘केटाहरु तिमीहरु भोलि पनि यहाँ आओ । हामी तिमीहरुलाई उचित खेलसामाग्री दिनेछौं ।’
भगवानले मेरो जीवनमा पठाइदिएको अर्का असल व्यक्ति थिए– मुस्तफा । मैले अघिनै भनेको थिएँ नि सान्टा फिलोमेना, मेरो घरबाट नजिकै रहेको सरकारी आवासीय परियोजना । त्यहाँ जाने बाटोमा एउटा सानो मैदान थियो र जोकसैले पाँच एसाइड फुटबल खेल्न मिल्ने ठाउँ थियो । मुस्तफा त्यो मैदानको दायाँतर्फ रहेको एउटा ढिस्काको टुप्पोमा बस्थे । उनी अफ्रिकाबाट आएका थिए, बुढा थिए । हामीले त्यो मैदानमा खेलेको उनी झ्यालबाट हेरिरहन्थे । उनी बेलाबेला मैदानमा पनि आउँथे र हामीलाई सिकाउँथे, ‘त्यसरी होइन यसरी पास दिनुपर्छ, यसरी प्रहार गर्नुपर्छ.. आदि आदि ।’

त्यहाँ खेल्ने अधिकांश बच्चाहरु उनले सिकाएको मन पराउँदैनथे । यो बुढो कति किचकिच गर्छ भन्ने तरिकाबाट कुरा गर्थे । तर म मुस्तफासँग सिक्न चाहन्थेँ । उनलाई धेरै कुरा थाहा पनि थियो । उनले मलाई कहिल्यै पनि नानी भनेर बोलाएनन् । नानी मेरो उपनाम हो जुन मेरी दिदीलाई मन परेकाले राखिदिएकी थिइन् । तर मलाई मुस्तफाले सधैं लुइस भनेर बोलाउँथे ।
उनले सधैं भन्ने गर्थे, ‘होइन लुइस तिमीले खुट्टाको प्रयोग भित्रबाट गर्नु, मनदेखि ।’

मुस्तफाले अन्ततः एक टिम बनाउनका लागि बच्चाहरुको समूह बनाए । उनी लामो समयअगाडि छिमेकी समुदायको बीचमा फुटबल खेलको आयोजना गर्दा रहेछन । त्यो पुनः दोहोरिने भयो । हामीले सान्टा फिलोमिनाजस्ता छिमेकीका बच्चाहरुसँग फुटबल खेल्न पाउने भयौं । मलाई सम्झना छ कि उनीहरु निकै कठिन थिए । तर मलाई पाउलोले सिकाएको थियो कि सडकमा कसरी जीवित रहने भनेर । उसले मेरा खातिर मानिसहरुसँग झगडा गरेको छ । एकदिन मलाए एउटा मान्छेले डराउने कोसिस ग¥यो । मैले पाउलोसँग गएर भनेँ कि त्यो मान्छेले मलाई डराउने प्रयास गरिरहेको छ ।

त्यसपछि पाउलो सिधा त्यहाँ गयो र त्यो मान्छेको गालामा एक थप्पड लगायो ।

उ मसँग पनि त्यस्तै व्यवहार गथ्र्यो । यदि मैले केहि गलत गरेँ भने मलाई पनि थप्पड हान्थ्यो । उ उविना बस्नै सक्दिनथेँ । किनभने मलाई उसले खराव संगत र कुलतबाट टाढा ाराख्न सहयोग ग¥यो जुन कुरा उ आफूले चाही छोडेन । जव म १० वर्षको थिएँ, म अरु बच्चाहरुजस्तो धुमपानमा फसिन, म रियल मास्सामा नामक टिमका लागि खेलिरहेको थिएँ ।

त्यो टिम एउटा अर्को आसिर्बाद थियो । म रेलमा विना टिकट प्रशिक्षणका लागि मैदान पुग्नेगरेको थिएँ । किनभने मसँग टिकट किन्ने पैसा थिएन । एकदिन एउटा इन्स्पेक्टरले मलाई समाते र भने, ‘ठीक छ बालक, फेरि यस्तो काम नगर’

मैले भने, ‘ओके, नो प्रोब्लम’

र, अर्को दिन मैले फेरि त्यही गरेँ ।

तर छिट्टै प्रशिक्षकले मलाई रेलको टिकटका लागि पैसा दिन थाले । उनले मलाई खानेकुरा पनि दिए । किनभने उनलाई पनि थाहा थियो कि म घरमा धेरै खान पाउँदिन । मेरा केहि साथीहरुले मलाई कपडा दिए र मलाई एक साताका लागि आफ्नो ठाउँमा बस्न दिए ।

भाग्यबस हाम्रो परिवार मुसा र छेपारोको सँगतबाट केहि समय भए पनि निस्कन पाए । र पनि मलाई यो कुराको कुनै मतलव थिएन कि म कहाँ बसिरहेको छु, म मात्र खेल्न चाहन्थेँ ।

म असक्तजस्तै थिएँ । म फिटनेसका लागि बिहान सातबजे उठ्थेँ र त्यही फाइव एसाइड मैदानमा पुगेर दौडिन्थेँ । मैदानभर म एक्लै हुन्थेँ । यस्तो लाग्थ्यो कि मेरो मिहिनेत देखेर मुस्तफाले मान्छेहरुसँग भनुन्, ‘यो लुइस हो । उसले खाना खाँदैन, पानी पिउँदैन, यसले प्रशिक्षणमात्र गर्छ, उसलाई अरु कुराको कुनै मतलव छैन ।’

केहि समयको बीचमै मेरो खेल यति राम्रो भयो कि मलाई ठूला क्लबहरुसँग जोड्न थालियो । ‘स्पोर्टिङले तिमीजस्तालाई खोजिरहेको छ, बेनफिकाले तिमीलाई अनुबन्ध गर्छ,’ मानिसहरु हरेक वर्ष यस्तै भनिरहन्थे तर केहि भएको थिएन । सन् २००३ मा म १६ वर्षको थिएँ, मेरा एकजना साथीले भने, ‘नानी तिमीले छिट्टै क्लब परिवर्तन गर्नुपर्छ । मैले कहिल्यै स्पोर्टिङ वा बेनफिकाले यस्ता खेलाडी अनुबन्ध गरेको देखेको छैन जो १७ वर्षको छ ।’

उनी सही थिए । तर त्यो समयमा म रियल मास्सामाका लागि उत्कृष्ट प्रदर्शन गरिरहेको थिएँ । मैले २२ गोल गरिसकेको थिएँ । र सिजनको हाम्रो अन्तिम खेलअघि मेरा प्रशिक्षकले मेरा लागि बेनफिकामा प्रशिक्षणको व्यवस्था गरिदिएको पनि थाहा पाएको थिएँ । त्यो प्रशिक्षणसत्र सकिएपछि बेनफिकाका प्रििशक्षकमध्येका एकले मसँग भने नि, ‘नानी तिम्रो प्रशिक्षकलाई भनिदेउ कि आइतबार हुने तिम्रो टिमको खेलमा बेनफिकाका कोहि एक व्यक्ति तिमीलाई हेर्न आउँदैछन् ।’

म निकै उत्साहित भएँ । तर समस्य यो भइदियो कि हामीले लिग जितिसकेका थियौं र मेरा प्रशिक्षकले त्यो खेलका लागि सिजनमा धेरै अवसर नपाएका अन्य खेलाडीहरुलाई अवसर दिने योजना बनाएका रहेछन् । र, मैले उनीसँग भने, ‘कृपया मलाई खेल्नु छ ।’

उनले भने, ‘किन ? हामीले पहिल्यै लिग जितिसकेका छौं त ।’

मैले भने, ‘हो, तर मेरो खेल हेर्न बेनफिकाबाट कोहि व्यक्ति आउँदैछन् ।’

उनी एकछिन सोचमग्न भए । मैले अनुरोध गरिरहेँ । भने, ‘ठीक छ, तिमीले पहिलो हाफमात्र खेल्नेछौ ।’

खेल सुरु भयो र मेरो तनाव सुरु भयो । म केहि सोच्नै सकिरहेको छैन । तर पहिलो हाफभन्दा तीन मिनेटअघि मैले मिडफिल्डमा बल भेट्टाएँ, सबै खेलाडीलाई छक्याएर गोलरक्षकसमेतलाई नचाएर मैले गोल गरे । रंगशालामा भएकाजति सबैले मेरो गोलमा ताली बजाउन थाले । मैले सोचेँ, सायद यो गोलले मलाई जोगाउनेछ ।

खेल सकिएपछि हाम्रो क्लबका निर्देशक म नजिक आएर भने, ‘थाहा छ नानी, आजको खेलमा बेनफिकाबाट कोही पनि आएका थिएनन् ।’

म किंकर्तव्यबिमूढ भएँ । उनले मजाक गरिरहेका थिएनन् । मैले सोचेँ म बर्बाद भएँ । म रुन थालेँ, मैले भोक बिर्सिएँ । तर केहि दिनपछि उनी अप्रत्यासित रुपमा एउटा पत्र लिएर मसँग आए ।

पत्रमा स्पोटिङले दुई साताको प्रशिक्षणका लागि गरेको निमन्त्रणा थियो । म तत्कालै गए । मैले फेरि भगवानलाई धन्यबाद दिएँ ।

त्यतिबेला जहिल्यै यस्तो महशुस हुन्थ्यो कि कोहि मलाई खोजिरहेको छ । जसरी मेरो शीरमा भगवानको हात थियो । जव म सबैभन्दा सानो थिएँ र पनि मलाई उनले कभर गरिरहेका थिए ।

सन् २००३ को हिउँदमा मैले स्पोर्टिङको साथ प्रशिक्षण सुरु गरेँ । तर मैले बेनफिकामा पनि प्रशिक्षण लिइरहेको थिएँ । किनभने त्यहाँका प्रशिक्षकले पनि मलाई पुन प्रशिक्षणको अनुमति दिएका थिए । सोमबार म लिस्वनका उत्कृष्ट दुई क्लबमा प्रशिक्षण गर्थेँ सँगै बुधबार र बिहीबार अर्को क्लबमा ।

तर स्पोर्टिङको लागि मेरो प्रशिक्षणको अन्तिम दिन प्रशिक्षकमध्येका एक जो मेरो स्कुलको जिम शिक्षक पनि थिए उनले भने कि उनीहरु मलाई राख्न सक्दैनन् ।

‘तर,’ उनले भने, ‘तिमीले चाह्यौ भने प्रिसिजनमा फेरि हामीसँग प्रशिक्षण गर्न सक्छौ ।’

अधिकांश खेलाडीजस्तै मैले पनि सोच्न सक्थे कि यिनीहरुले मलाई जिस्क्याइरहेका छन् । किनभने यदि तिमीले मलाई स्वीकार गर्दैनौ भने म किन तिमीसँग प्रशिक्षण लिइरहने । तर मैले त्यसो गरिन किनभने म उनलाई राम्ररी चिन्दथेँ । त्यसैले मैले स्वीकार गरेँ । र त्यही वर्ष गर्मी सिजनको अन्त्यतिर मैले स्पोर्टिङको तर्फबाट सन्देश पाए, ‘भोलि १० बने भेट्ने ।’

तर त्यही दिन बेनफिकाबाट पनि सन्देश आयो, ‘भोलि १० बजे भेट्ने ।’

मैले टाइप गरे, ‘ओके ठीक छ’ यो सन्देश दुवैलाई पठाइदिएँ ।

यो प्रिसिजनको समय थियो र मैले दुवै क्लबसँग प्रशिक्षण गर्न सक्दिनथेँ । सायद मैले बेनफिना रोज्नुपर्ने थियो, उनीहरुले मलाई त्यतिबेलासम्म छोडेका थिएनन् । तर स्पोर्टिङमा मेरा धेरै साथीहरु थिए र प्रशिक्षकलाई पनि चिन्दथेँ । म त्यहीँ गए ।

प्रिसिजनको बीचमा एउटा प्रतियोगिता खेलेँ । मैले वास्तवमै राम्रो खेलेँ । दुई दिनपछि प्रशिक्षकले मेरो ढाडमा धाप मारे ।
‘नानी,’ उनले मुस्कुराउँदै भने, ‘मलाई पहिल्यै थाहा थियो कि तिमी हामीसँगै रहनेछौ ।’

जव मैले सन् २००३ को गर्मी मौसममा स्पोर्टिङसँग सम्झौता गरेँ मेरो सबै आर्थिक समस्या समाधान भयो । म मेरो गाउँ केप भर्डे फर्किएँ । त्यहाँ मैले मेरा पितालाई भेट्टाएँ जो एउटा दस्तावेजको समस्याका कारण भौतारिरहेका रहेछन् । उनलाई पोर्चुगल र अमाडोरा आउने अनुमति रहेनछ । त्यसैले मैले कसैलाई भनेर त्यो समस्या समाधान गरिदिएँ । त्यसपछि उनले मलाई जतिबेला चाह्यो भेट्न सक्थे । त्यो मेरा लागि ठूलो कुरा थियो ।

तर मलाई अझै एउटा समस्या थियो । म सुपरस्टार बन्नका लागि निकै कमजोर थिएँ ।

भन्दा लाज हुन्छ । म २० किलो तौल पनि उचाल्न सक्दिनथेँ । त्यसैले त्यसयताका २ वर्ष मैले जिममा विताए । म एक विंगरको रुपमा बिकासित भएँ, जोसँग कौशल र शक्ति थियो। सन् २००५ मा मैले सुरुआती टिममा स्थान बनाएँ ।

त्यसको ठीक २ वर्षपछि कागजातहरुले मलाई संसारको सबैभन्दा ठूलो क्लबका लागि जोडिरहेको थियो ।

त्यहाँ म्यानचेस्टर युनाइटेड उल्लेख थिएन । तर मेरा एजेन्ट जर्ज मेन्डेसले सबै क्लबको नाम लेखेर दिए र भने, ‘हेर, मेरा लागि सबैभन्दा राम्रो टिम यही हो,’ उनले म्यानचेस्टर युनाइटेडतर्फ इशारा गरे, ‘मैले सर एलेक्ससँग कुरा गरिसकेको छु । उनी तिमीलाई त्यसैगरी निर्माण गर्न चाहन्छन् जसरी क्रिष्टियानो रोनाल्डोलाई गरेका छन् ।’

त्यो जान्नुभन्दा अगाडि नै म म्यानचेस्टरमा घरको खोजीमा थिएँ । सुरुमा एउटा होटलमा जान लागेको थिएँ । तर जर्जले मसँग सोधे, ‘तिमी क्रिष्टियानो रोनाल्डोसँग बस्छौ त ?’ जर्ज रोनाल्डोको पनि एजेन्ट थिए र रोनाल्डो एक्लै बस्थे । त्यसपछि म जर्ज र एन्डरसनसँग रोनाल्डो निवास गएँ । एन्डरसन भपनि भर्खरै युनाइटेड गएका थिए ।

त्यो यस्तो समय थियो कि हामी सबै भर्खरका युवा थियौं र सबैको भाषा एउटै थियो । हामीले धेरै मस्ती ग¥यौं । रोनाल्डोको घरमा स्वीमिङपुल, पिङपोङ टेवल र टेनिस कोर्ट थियो । र हरेक दिन हामी कुनै न कुनै प्रतियोगिता गथ्र्यौं । एकदिन हामीसँग सर एलेक्स फर्गुसनका सहायक कार्लोस क्वीरोज आए । हामी प्रश्नोत्तर खेल्न थाल्यौं । उनके प्रश्नमा मैले सुरुमा उत्तर दिएँ त्यसपछि रोनाल्डोले । मलाई थाहा थियो कि सही उत्तर मेरो थियो । तर थाहा त क्वीरोजले के गरे ? उनले य निश्चित गर्नका लागि जवाफ बदल्ने प्रयास गरे कि क्रिस्टियानोको जवाफ सही होस, हाहाहा… ।

रोनाल्डो यस्तै थिए । उ कहिल्यै हार स्वीकार गर्दैन । कहिल्यै पनि ।

तर हामी उसलाई धेरै माया गथ्र्यौं, र हामीले उबाट धेरै कुरा सिक्यौं । जवसम्म म र एन्डरसनले त्यो घरमा रह्यौं हामीलाई हारको एलर्जी भइसकेको थियो ।

त्यसपछि म आफ्नै घरमा सरेँ । मलाई अहिलेसम्म पनि थाहा छैन कि मैले त्यो घर किन किनेँ । तपाईंले चलचित्रमा देख्नुहुन्छ नि पुरानो घरहरु, हो त्यस्तै थियो मेरो घर । मेरो परिवारका केहि सदस्य सुरुआतमा मसँगै रहे । तर जव उनीहरु गए त्यो मेरालागि निकै कठिन समय थियो ।जव अध्यारो हुन्थ्यो म कोठाबाट बाहिर निस्कने हिम्मत हुँदैनथ्यो ।

म गम्भीर यसकुरामा हुने गर्छु कि यदि म मेरो शयनकक्षमा ल्यापटम खोलेर बसिरहेको हुन्छु त्यतिबेला भोक लाग्दा म कहिल्यै भुँइतलामा रहेको भान्छाकोठामा गइन । अहं कहिल्यै पनि । बरु भोलिपल्ट उज्यालो नहुन्जेलसम्म कुर्थेँ ।

मलाई अहिले पनि आश्चर्य लाग्छ कि मलाई त्यस्तो किन भयो ? सायद अँध्यारो भएपछि रुखका पातहरु हल्लिने भएर हो कि ? सायद त्यो घर निकै पुरानो र निकै ठूलो भूत बंगला भएर हो कि ? सयद जीवनमा पहिलोपल्ट एक्लै बस्नुपरेको भएर हो कि ?

म्यानचेस्टर युनाइटेडको प्रशिक्षण निकै कडा थियो । कम्तिमा सुरुसुरुमा । उसको स्तर निकै माथि थियो । तर मलाई थाहा थियो कि मैले छिट्टै सिक्नुपर्छ । यस्तो ठाउँमा यदि तपाईले आफूलाई प्रमाणित गर्न सक्नुभएन भने तपाईं समाप्त हुनुहुनेछ ।

म्यानचेस्टरमा ठ्याक्कै यस्तै भएको थियो ।

यस्तो पनि कि परियोजनाको जस्तै । भगवानले मेरो बाटोमा सही मानिसलाई भेटाइदिए ।

त्यस्ता अरु पनि थुप्रै छन् जसको बारेमा भन्नैपर्छ । सर एलेक्स मेरो पिताजस्तै थिए । रियो फर्डिनान्ड र रायन गिग्सले मलाई निकै राम्रो सल्लाह दिए । म एन्टोनियो भ्यालेन्सिया, फावियो र रफायल, क्रिष्टियानो, एन्डरसन र अरु धेरैको साथी भएँ । तर एक व्यक्ति जोसँग म सबैभन्दा नजिक भएँ उनी थिएः प्याट्रिक एभ्रा । उनी मेरो दाइसमान रहे ।

एक समय थियो जव म राम्रो खेल्न सकिरहेको थिइनँ । समर्थक मसँग खुसी थिएनन् । सर एलेक्स पनि खुसी थिएनन् । म आफैं निकै निराश थिएँ । एकदिन म यस्तो अवस्थामा पुगेँ कि म धुरुधुरु रुन थालेँ ।

त्यतिबेला प्याट आए । जो प्रशिक्षण मैदानमा मांशपेशीको चोटबाट मुक्तिको प्रयास गरिरहेका थिए । उनीसँग मैले आफ्नो सबै कुन्ठा पोखेँ ।

‘प्याट, मेरो मिहिनेतको फल किन आइरहेको छैन ?, प्याट रेफ्री हमेस मेरा बिरुद्ध किन हुन्छन् ?’ यस्तै यस्तै । फेरि मैले मनोबल बलियो बनाएर उनीसँग भने, ‘प्याट म आफूलाई चारै तिरबाट सुधार गर्नेछु । मलाई थाहा छ कि म कति बलियो छु, म उनीहरुलाई देखाउनेछु ।’

प्याटले त्यहीँ बसेर सबैकुरा सुने । त्यसपछि उठेर मलाई अंकमाल गरेर भने, ‘मलाई थाहा छ । समर्थक तिमीलाई फेरि मन पराउनेछन् । तिमी छिट्टै गोल गर्न थाल्नेछौ । तिमी मैले जीवनमा देखेका सबैभन्दा राम्रा खेलाडीमध्ये एक हौ नानी । मलाई यसमा कुनै सन्देह छैन । कुनै शंका छैन ।’

लगभग एक सातापछि मैले चेल्सीबिरुद्ध एउटा सानदार गोल गरेँ । त्यसपछि अचानक म आफ्नो सर्वश्रेष्ठ लयमा फर्किएँ । सबै खुसी थिए, मेरो आत्मविश्वास फर्किएको थियो । त्यसपछि प्याट मेरो नजिक आए र उनले मेरो आँखामा हेरेर भने, ‘मेरो बाबु ।’
त्यो एक महान क्षण थियो ।

वास्वतमै प्याट यस्ता व्यक्ति थिए जोबाट मैले आफ्नो भाग्य पाएको थिएँ । मलाई सधैं लाग्थ्यो कि कडा मिहिनेत र आत्मविश्वासले सबैकुरा सम्भव हुनेछ । तर कहिलेकाहीँ तपाईंले निकै निराश महशुस गर्नुहुनेछ र तपाईं आफ्नो बाटोमा ल्याउनका लागि कसैको आवश्यकता हुने रहेछ ।

आज मैले पत्ता लगाएको छु कि केहि मान्छेहरुले मलाई कहिल्यै बुझ्न सकेनन्, किनभने म आफ्नो भावना देखाउने गर्छु । यदि म दुखी छु भने त्यही देखाउँछु । म आफूलाई परिवर्तन गर्न चाहन्न कि म को हुँ । तपाईंले देख्नुभएको छ कि जोसँग केहि हुँदैन उसँग सबैथोक हुन्छ । तर जोसँग सबैथोक हुन्छ उसले आफ्नो बाटो बिर्सिन्छ । म आफैंलाई भन्ने गर्छु कि कुनै दिन तिमीले आफू को हुँ भनेर बिर्सन्छौं त्यो दिन तिमी सकिन्छौ ।

र, त्यसैले म अहिले पनि त्यो बालक हुँ जो मुसा र छेपारोको साथ सुतेको थियो । म अहिले पनि त्यही सात वर्षको बालक हुँ जसले टाँक नभएको सर्ट र छालाको जुत्तामा फुटबल खेलेको थियो । म अझै पनि त्यही केटा हुँ जो मान्छेको ढोका ढकढक्याउँदै खानेकुरा माग्ने गथ्र्यो ।

यो सबै सम्झँदा म पुलकित हुन्छु । किनभने त्यही संघर्षले मलाई यो करिअर दिएको हो र जो अहिले शानदार छ । यो एउटा लामो बाटो रह्यो र भगवानले मलाई हरेक चरणमा योजनाबद्ध रुपमा सहयोग गरे ।

तपाईं अझै मलाई विश्वास गर्नुहुन्न भने मसँग अर्को एउटा कहानी छ ।

जव म १२ वर्षको थिएँ । मैले मेरो समुदायको टिमबाट फुटबल खेल्थेँ, मसँग साविनो पनि थियो र हाम्रा प्रशिक्षक थिए मुस्तफा । हाम्रो खेल निकै नै खतरनाक छिमेकी टिम बाइरो ६ डी माइओसँग थियो । हामी त्यहाँ पुग्दा बन्दुक बोकेका प्रहरी अधिकारीहरु केहि खोजिरहेका थिए । हाम्रा बिपक्षी टिममा हामीभन्दा दुई तीन वर्ष जेठा खेलाडीहरु थिए । जव खेल सुरु भयो, उनीहरुले ठूलो स्वरमा हल्ला गर्न सुरु गरे, ‘उनीहरुको खुट्टामा हान्’

मैदान भित्रमात्र होइन बाहिरबाट पनि त्यही मात्र बोलेको सुनिन्थ्यो । म डराएको थिएँ, हामी सबै डराएका थियौं ।

उनीहरुले गोल गर्न थाले, गोल गरिरहे । पहिलो हाफमा उनीहरुले ९–२ को अग्रता लिए ।

हाम्रो टिममा कुराकानी हुन थाल्यो । हामी सबै एकअर्काको प्रदर्शनको आलोचना गरिरहेका थियौं ।

‘तँ धेरै दौडन सकिनस् ।’

‘साथी तँ निकै डराइस् ’

‘अनि तँ नि ?’

तर मुस्तफाले भने, ‘साथीहरु हो आराम गर । हामी यो खेल जित्न गइरहेका छौं, आराम गर ।’

हामी सबैले एकपल्ट लामो स्वास लियौं ।

त्यसपछि मुस्तफा साविनो र म भएको ठाउँमा आए । ‘साविनो, लुइस तिमीहरु आराम गर तिमीहरु छिट्टै खेलमा फर्कँदैछौ ।’

जव दोस्रो हाफ सुरु भयो । हामीले राम्रो खेल्न सुरु ग¥यौं । हामी हतोत्साही भएनौं । मुस्तफाको सल्लाहले काम ग¥यो । जव साविनो र मेरो तालमेल सुरु भयो हामीले गोल गर्न थाल्यौं । एकैछिनमा माहोल परिवर्तन हुन थाल्यो । हाम्रो डर सकियो । हामीले ट्रिक र टेक्निक देखाउन थाल्यौं । मैदान बाहिर रहेका मान्छेहरुले भन्न थाले, ओहो, केटाहरुले कति राम्रो खेलेका ।’ उनीहरुले हामीलाई समर्थन गर्न थाले ।

हामीले खेलमा पूर्ण पकड जमायौं । वरिपरिका घरका केटीहरु हाम्रा लागि पानी ल्याएर दिन थाले । यस्तो स्थिति बन्यो कि हामीले आफूलाई अजेय महशुस गर्न थाल्यौं ।

हामीले खेल १६–१२ ले जित्यौं ।

खेलपछि सबैजना मैदानमा ओर्लिए । सबै खुसीले पागल भइरहेका थिए । उनीहरु भनिरहेका थिए कि यि बच्चाहरु अविश्वसनीय छन् । त्यति नै बेला एउटी केटी कलम र कागज लिएर म नजिक आइन् ।

मैले उनीतिर हेरे र सोचेँ म के गर्न गइरहेको छु ।

मुस्तफाले भने, ‘हस्ताक्षर गर’

म यस्तो अवस्थामा रहेँ ‘के हस्ताक्षर गरौं ?’

मुस्तफाले भने, ‘आफ्नो नामको हस्ताक्षर गर ।’

मैले गरेँ । त्यसपछि मुस्तफाले मेरो पाखुरा समाएर केटीतर्फ हेरेर भने, ‘भाग्यमानी सुन्दरी । तिमीलाई थाहा छ केहि वर्षमा यही हस्ताक्षरका लागि धेरै नै पैसा खर्चिनुपर्ने हुन्छ ।’

यतिबेला आएर मुस्तफा गलत रहे । किनभने भैने त्यहाँ लुइस लेखेको थिएँ ।

Post Add 1025X115
Loading...